नेपाल सरकारद्वारा युरोप, जापान र खाडी मुलुकबाट नेपाल प्रवेशमा पूर्ण रुपमा रोक लगाउने निर्णय
वि.सं.२०७६ चैत ६ बिहीवार ०७:३१
1.3K
shares
काठमाडौं: नेपाल सरकारले कोरोना भाइरस नियन्त्रणका लागि युरोपसहित खाडी क्षेत्रबाट नेपाल प्रवेशमा रोक लगाएको छ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना भाइरस संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधवार बसेको बैठकले युरोपका सबै मुलुकहरु, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुकहरु, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाइ अन्य मुलुबाट आउने नागरिकमाथि रोक लगाएको हो ।
२० मार्च २०२०(शनिवार) मध्यरातिदेखि लागू हुने गरी १५ अप्रिल २०२० (बैशाख ३ गते) सम्म आगमनमा प्रतिवन्ध लगाउने निर्णय गरेको छ । यस सम्बन्धी सूचना विदेशस्थित कुटनीतिक नियोगहरुमा र आवश्यक अन्य निकायहरुमा संप्रेसण गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले कुनै यात्रुले नेपाल सरकारद्वारा ट्राभल एडभाइजर जारी गरेको अवधिको उडानको यात्रा स्थगन गरेको अवस्थामा वा वायुसेवा कम्पनीले आफै उडान रद्द गरेको अवस्थामा हवाइ टिकट रद्द गर्दा वा यात्रा मिति परिवर्तन गर्दा कुनै शुल्क नलिने व्यवस्था गर्ने र हवाइ टिकट रद्द गर्दा पूरै रकम फिर्ता गर्न सबै वायुसेवा कम्पनीलाई निर्देशन दिने निर्णय गरेको छ ।
वि.सं.२०७६ चैत ६ बिहीवार ०७:३१



















