YouTube Link

कोरोना भाइरसको संक्रमण १ सय ७३ देशमा पुग्यो, ८ हजार ९ सय ४३ को मृत्यु, २ लाख १८ हजार ७ सय २१ जनामा संक्रमण

Facebook Link

काठमाडौं: विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण १ सय ७३ देशमा पुगेको छ । कोरोना भाइरसकै संक्रमणबाट ८ हजार ९ सय ४३ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म २ लाख १८ हजार ७ सय २१ जनामा संक्रमण देखिएको छ ।

कोरोना भाइरस संक्रमित मध्ये ८४ हजार ३ सय ८६ जना उपचारपछि घर फर्किएका छन् । चीनको वुहानबाट फैलिएको कोरोनाको संक्रमण चीनमा फैलन छाडेको छ । विगत केहिदिनदेखि चीनमा नयाँ संक्रमणको संख्या शुन्य छ भने ज्यान गुमाउनेको संख्या पनि देखिएको छैन । चीनमा अहिलेसम्म ३ हजार २ सय ३७ जनाले ज्यान गुमाएका छन् भने ८० हजार ८ सय ९४ मा संक्रमण छ । ६९ हजार ६ सय १४ जना उपचारपछि घर फर्किएका छन् ।

चीनपछि दोस्रो धेरै प्रभावित बनेको मुलुक इटालीमा ३५ हजार ७ सय १३ जनामा संक्रमण देखिएको छ । जहाँ ४ हजार २ सय ७ जनामा नयाँ संक्रमण देखिएको छ । अहिलेसम्म इटालीमा २ हजार ९ सय ७८ जनाले ज्यान गुमाएका छन् । ४ सय ७५ जनाले एक दिनमै ज्यान गुमाएका छन् ।

त्यस्तै इरानमा १७ हजार ३ सय ६१ संक्रमित छन् । १ हजार १ सय ३५ जनाले ज्यान गुमाएका छन् । कोरोनाकै संक्रमणबाट स्पेनमा ६ सय ३८, जर्मनीमा २८, अमेरिकामा १ सय ५०, फ्रान्समा २ सय ६४, दक्षिण कोरियामा ८४, स्वीटजरल्याण्डमा ३३, बेलायतमा १०४, नेदरल्याण्डमा ५८ जनाले ज्यान गुमाएका छन् । नेपालमा भने अहिलेसम्म संक्रमित फेला परेको छैनन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...