बिराटनगरस्थित कोशी अञ्चल अस्पतालमा आईसोलोसन कक्ष तयार
वि.सं.२०७६ चैत ४ मंगलवार १८:०८
1.5K
shares
काठमाडौं: बिराटनगरस्थित कोशी अञ्चल अस्पतालमा कोरोना संक्रमितलाई लक्षित गरी आईसोलोसन कक्ष तयार पारिएको छ । अस्पतालले तीनवटा क्याविनमा ६ वटा शैय्या सहितको कोठा तयार पारेको छ । अस्पतालले १२ वटा शैय्यासम्म विस्तार गर्न सकिने पनि जानकारी दिएको छ ।
कोरोना परीक्षणका लागि अस्पतालले प्रवेश गर्ने सबैको तापक्रम नाप्ने ब्यवस्था पनि गरेको छ । ज्वरो आएका विरामी भेटिएमा उनीहरुलाई छुट्टै राखेर चेकजाँच गर्ने ब्यवस्था मिलाइएको अस्पतालले जानकारी दिएको छ । कोरोना संक्रमणलाई लक्षित गरेर अस्पतालमा आवश्यक चिकित्सक र सामाग्रीको पनि ब्यवस्थापन गरिएको छ । उपचारमा संलग्न हुने सबै डाक्टर तथा नर्सहरुलाई बिशेष तालिम समेत प्रदान गरिएको अस्पतालले जनाएको छ ।
वि.सं.२०७६ चैत ४ मंगलवार १८:०८


















