YouTube Link

भ्रष्टाचार देश विकासको बाधक, निवारणका उपायहरु

Facebook Link
vision

सार्वजानिक जीवनमा स्वीकृत मूल्य र मान्यताको विरुद्ध हुने सबै प्रकारका आचरणलाई भ्रष्टाचार भनिन्छ । ‘भ्रष्ट’ र ‘आचार’ दुई शब्दका मेलबाट ‘भ्रष्टाचार’ शब्द निर्माण भएको छ । जुन शब्दले आचार नभएको वा स्थापित मूल्य र मान्यता विपरीत नैतिक मूल्य ह्रास हुने बानी व्यवहारलाई जनाउँछ । जुन सामाजिक व्यवहारमा निन्दनीय र कानुनी हिसावमा दण्डनीय हुन्छ ।

कुनैपनि व्यक्तिले आफ्नो कर्तव्य विपरीत गर्ने सबै किसिमका गैरकानुनी र अनैतिक क्रियाकलापलाई भ्रष्टाचार भनिन्छ । कुनैपनि सर्वजानिक पदमा हरेका पदाधिकारीहरुले आफूमा रहेका हक हित र अधिकारको दुरुपयोग गरी गरिने सबै क्रियाकलापहरु भ्रष्टाचार हुन् । यसरी हेर्दा व्यक्तिले आफ्नो पद, अधिकार र हैसियतको दुरुपयोग गरी सार्वजनिक तथा व्यक्तिगत रुपमा गरिने सबै प्रकारका गतिविधि र क्रियाकलापहरु, भ्रष्टाचार हुन । जुन समाजको आँखामा निन्दनीय कानुनका आँखामा दण्डनीय हुन्छ ।

सुशासन भनेको राज्यमा हरेक काम छिटो, छरितो र समयमै पूरा गर्नु हो । साधारणतया सुशासनको अर्थ असल शासन ‘गुड गभर्नन्स’ हो । सुशासनलाई लोकतन्त्रको पर्यायको रुपमा लिइन्छ । सुशासन जनमुखी शासन पद्दति हो । सार्वजनिक प्रशासन तथा सेवा र अन्य जुनसुकै काममा पनि नियमविपरीत चल्नु सुशासनको मर्मभित्र पर्दैन । अहिले हाम्रो देशमा भ्रष्टाचारको अतिवृद्धि भइरहेको छ ।

मौखिक रुपमा हामीले जतिसुकै गणतान्त्रिक संविधान निर्माण गरी कानुनी राज्यको स्थापना गरेको भने पनि मुलुक चारैतिरबाट भ्रष्टाचारको कारण लथालिंग भएको छ । यसले राज्यको सेवा प्रवाहमा नकरात्मक असर परेको छ । राज्यप्रति जनताको भरोसा कमजोर बन्दै गएको छ । यहाँ व्यक्तिभन्दा कानुन बलियो हुनु पर्ने ठाउँमा व्यक्ति शक्तिशाली भएको छ । सुशासनको अभाव छ । जतिसुकै राम्रा नीति नियम बनेको भएपनि त्यसको प्रभावकारी कार्यान्वयनको अभावका कारण भ्रष्टाचार झनझन वृद्धि भइरहेको छ ।

सुशासन कायम गरी समाज भ्रष्टाचारमुक्त हुन नसक्नुको प्रमुख कारण दण्डहिनता र राजनीतिक अराजकता पनि हो । देशमा दण्डहिनता व्यापक मौलाएको छ । राजनीतिक दादागिरी र भ्रष्टाचारीलाई राजनीतिक संरक्षणले भ्रष्टाचारलाई गति प्रदान गरेको छ । देश विकासका लागि विनियोजित विभिन्न बजेट आफ्नो निहित स्वार्थपूर्ति र क्षणिक लोकप्रियताको लागि रानीतिक भागवन्डा गरेर पहुँचवाला व्यक्तिहरुले आफ्नो स्वार्थ हेरेर दुरुपयोग गरिरहेको छन । यस्तै किसिमका विभिन्न रुपका भ्रष्टाचारका कारण गरिब, निमुखा र सोझा जनताहरु सधै ठगिएका छन ।

 

नेपालमा भ्रष्टाचारको अवस्था

नेपालमा भ्रष्टाचार एक डरलाग्दो रोगको रुपमा देखा परेको छ । समयमै यसलाई नियन्त्रण नगर्ने हो भने देशलाई उन्नतिको मार्गबाट पछाडि धकेल्छ । भ्रष्टाचार नियन्त्रणका लागि पहिला त प्रत्येक व्यक्ति सचेत र जागरुक हुन आवश्यक छ । व्यक्तिमा सचेतना बृद्धि हुँदा भ्रष्टाचारको कमी ल्याउन सकिन्छ । यस्तै व्यक्तिको नैतिक आचारणमा पनि सुधार ल्याउनुपर्छ ।

भ्रष्टाचार नियन्त्रण र निवारणको लागि विभिन्न प्रयासहरु भएका छन् । यसैको लागि भ्रष्टाचार निवारण ऐन २०५९, लागू भई कार्यान्वयनमा छ । आख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सर्तकता केन्द्र, राजस्व अनुसन्धान विभाग लगायत विभिन्न सरकारी गैरसरकारी संघ संस्थाहरु भ्रष्टाचार निवारण र नियन्त्रणका लागि कार्यरत छन, तर पनि अपेक्षाकृत उपलब्धि हासिल हुन सकेको छैन । नेपालको संविधान २०७२ कार्यन्वयन गर्दै २०७४ मा स्थानीय तह प्रदेश तथा संघीय तहको निर्वाचन भयो । पूर्ण वहुमतसहितको सरकार सबै तहमा बनेको छ ।

वर्तमान सरकार भ्रष्टाचारी विरुद्ध निर्मम र कठोर रुपमा उभिएको आभास हुन थालेको छ । जसले आगामी दिनमा भ्रष्टाचारको न्यूनीकरण हुने अपेक्षा गर्न सकिन्छ । यो विभिन्न प्रयास हुँदाहुँदै पनि भ्रष्टाचारमा उल्लेख्य सुधार र नियन्त्रण गर्न नसकिएको विभिनन प्रतिवेदनहरुले देखाएका छन् । भ्रष्टाचार सम्बन्धमा अध्ययन गरिरहेको संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलको सन् २०१८ को प्रतिवेदन अनुसार नेपालमा भ्रष्टाचार नियन्त्रणको अवस्था खस्कँदो देखिन्छ । यो राष्ट्रको सर्वाङ्गीण विकासमा नकरात्मक संकेत हो ।

नेपालमा विगतका वर्षहरुको तुलनामा भ्रष्टाचारको अवस्थामा सुधार नआएको ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले देखाएको छ । भ्रष्टाचार नियन्त्रणका प्रयासहरु धेरै मुलुकहरुमा सुस्त गतिमा चलेको पनि देखाएको छ । नेपाल गतवर्षहरुमा जस्तै सन् २०१८ मा पनि ३१ अंक प्राप्त गरी १२४ औं स्थानमा छ । गत वर्ष नेपाल १२२ औं स्थानमा थियो । अंकको आधारमा हेर्दा नेपाल यस वर्ष २ स्थान तल झर्न पुगको हो । सवै भन्दा कम १० अंक पाएर सोमालिया अति भ्रष्टाचार हुने पहिलो मुलुकमा छ भने ८८ अंक प्राप्त गरी कम भ्रष्टाचार हुने मुलुकमा डेनमार्क पहिलो स्थानमा छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनलले गत वर्षहरुमा जारी गरेको तथ्यांक अनुसार अर्को लज्जास्पद र डरलाग्दो विषय के हो भने नेपालमा राजनीतिक भ्रष्टाचार बढी हुने गरको छ । अर्थात् राजनीतिक नेतृत्व वा नेतृत्व तहबाटै बढी भ्रष्टाचार हुने गरेको तथ्य सार्वजनिक भएको छ । त्यस्तो भ्रष्टाचारमा पोलेसी कोरप्सन अर्थात नीतिगत भ्रष्टाचार हुने गरेको देखाएको छ । विभिन्न तह र क्षेत्रमा सेटिङ मिलाएर नीतिगत वा वैधानिक भ्रष्टाचार हुने गर्छ । यो समृद्ध राष्ट्र निर्माणका लागि डरलाग्दो पक्ष हो । राजनीतिक भ्रष्टाचारपछि सैबैभन्दा भ्रष्ट हुने क्षेत्र निजामती सेवा देखिएको छ । कर्मचारीमा पनि भ्रष्ट मानसिकता व्यापक छ र उनीहरुले नै राजनीतिक नेतृत्वलाई नीतिगत भ्रष्टाचारमा प्रेरित गराईरहेका छन् । त्यस्तै नेपालका कुनै पनि क्षेत्र नहोलान भ्रष्टाचारले नछोएको । राजनीतिक, कर्मचारी, प्रशासन, शिक्षा स्वास्थ्य, कृषि आदि सवै क्षेत्र भ्रष्टाचारबाट अछुतो रहन सकेको छैन ।

संविधान जारी भएपछि २०७४ मा संघीय प्रणाली अनुसार स्थानीय, प्रदेश र संघ तिनै तहको निर्वाचन भयो लामो समय जनप्रतिनिधिबिहिन रहेको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरु आए । ठूलो परिवर्तन पछिको नयाँ पद्धतिप्रति सबैको ठूलो अपेक्षा थियो । गाउँ गाउँमा सिंहदरवार भन्ने नारा व्यापक थियो तर आम जनताले सोचे जस्तो अनुभूति गर्न पाएनन । जनआपेक्षा विपरित हुँदै गयो । अझ स्थानीय जनप्रतिनिधिहरु नै भ्रष्टाचारमा संलग्न भएको भन्ने व्यापक जनगुनासो आएको छ । जनताको समस्या बुझेर सोही बमोजिम समाज र सिंगो मुलकुलाई विकास र समृद्धिको मार्गमा लानुपर्ने जनप्रतिनिधिहरु प्रति नै जनताबाट भ्रष्टाचारको गुनासो आउनु दुर्भाग्यको कुरा हो । यसमा सबै बेलैमा सचेत हुनपर्ने देखिन्छ ।

 

भ्रष्टाचार निवारणका उपायहरु

 

नेपालमा भ्रष्टाचार एक डरलाग्दो रोगको रुपमा देखा परेको छ । समयमै यसलाई नियन्त्रण नगर्ने हो भने देशलाई उन्नतिको मार्गबाट पछाडि धकेल्छ । भ्रष्टाचार नियन्त्रणका लागि पहिला त प्रत्येक व्यक्ति सचेत र जागरुक हुन आवश्यक छ । व्यक्तिमा सचेतना बृद्धि हुँदा भ्रष्टाचारको कमी ल्याउन सकिन्छ । यस्तै व्यक्तिको नैतिक आचारणमा पनि सुधार ल्याउनुपर्छ ।

भ्रष्टाचार नियन्त्रणका लागि सबल राजनीतिक नेतृत्व र राजनीतिक नेतृत्वमा ईच्छाशक्ति आवश्यक पर्छ । प्रभावकारी कानुन निर्माण गरी प्रभावकारी रुपमा लागू गर्दा भ्रष्टाचारमा कमी ल्याउन सकिन्छ । अख्तियार, राष्ट्रिय सर्तकता केन्द्र, राजस्व अनुसन्धान लगायतका संस्थालाई अझ अधिकार सम्पन्न र प्रभावकारी बनाइनुपर्छ । भ्रष्टाचार गर्नेलाई कानुनी दायरामा ल्याई कडा भन्दा कडा सजाय दिनुपर्छ । साथै भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गर्नुपर्छ ।

यसले भ्रष्टाचार न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ । त्यसैले हरेक व्यक्तिको आर्थिक उन्नतिमा जोड दिंदै जीवनस्तर उकास्न राज्यले विशेष ध्यान पु¥याउनुपर्छ । मुख्य कुरा त हरेक व्यक्ति सचेत र सजग रहँदा भ्रष्टाचार स्वतः हराएर जान्छ । जसका लागि व्यापक जनचेतना वृद्धि गर्न आवश्यक छ ।

 

अन्त्यमा…

 

अहिले सबै क्षेत्रमा भ्रष्टाचार व्याप्त छ । जसले गर्दा राष्ट्र निर्माणका हरेक प्रयास कमजोर बनेका छन । हरेक नागरिकमा जनचेतना वृद्धि गरी सचेत बनाउनुपर्छ । भ्रष्टाचार गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्छ । प्रभावकारी अनुसन्धान गरी जो कोहीलाई पनि उन्मुक्ति दिनु हुँदैन । भ्रष्टाचार देश विकासको बाधक हो । भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गरी समतामूलक न्यायपूर्ण र भ्रष्टाचारमुक्त समाज निर्माणमा सबै एक जुट भएर लाग्नु पर्दछ । तबमात्र समृद्ध नेपालः सुखी नेपाली अभियान सार्थक र सफल हुन्छ ।

(लेखक काठमाडौं महानगरिपालिका–७ का वडा सदस्य हुन् ।)

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

वि.सं.२०८३ साउन २४ आइतवार १२:०१

तस्वीरमा नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/०८३...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

वि.सं.२०८३ साउन ४ सोमवार १४:०९

देशभक्त, अनुशासित, राज्यप्रति उत्तरदायित्वबोध, जनसेवा र राष्ट्रिय एकताको भावना भएका...

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...