YouTube Link

नेटवर्क मार्केटिङ्गका बारेमा बहस गरिनु पर्ने केहि प्रश्न

Facebook Link
vision

 

हामी धारावाहिक रुपमा निरन्तर नेटवर्क मार्केटिङ्ग, नेटवर्क इण्डष्ट्री, प्रत्यक्ष व्यापार एवम् बहुतह व्यापारका बारेमा चर्चा गर्दै आइरहेका छौँ । यतिखेर हामी बहस गरिनु पर्ने केहि प्रश्नका बारेमा कुरा गरिरहेका छौँ । अघिल्लो अङ्कबाट क्रमशः आइरहेको यो प्रसङ्गमा थप स्पष्ट बन्न चाहनु हुन्छ भने कृपया सम्पर्क गरेर अघिल्ला अङ्कमा चर्चा भएका प्रश्न तथा विषयका बारेमा जानकार हुनु हुनेछ । आउनुहोस् अब हामी यो अङ्कमा अगाडि बढौँ ।

 

प्रत्यक्ष व्यापार गर्ने कम्पनीले महँगोमा वस्तु तथा सेवा बिक्रीवितरण गर्नेः विगतका कम्पनीहरुबाट भएका अभ्यासहरुको अध्ययन गर्दा निश्चितरुपमा यो आरोप सही प्रतीत हुन आउँछ । तथापि प्रत्यक्ष व्यापार गर्ने कम्पनीबाट भएको मात्र यो एउटा कमजोरीलाई आधार मानेर इण्डष्ट्रीलाई नै निरुत्साहित गर्ने निर्णय लिनु बुद्धिमता ठहर्दैन ।

 

निदानः

यस सम्बन्धमा सरकारका तर्फबाट मूल्यनिर्धारण प्रक्रियामा पारदर्शिता ल्याउने स्पष्ट नीति तर्जुमा गर्नु श्रेयस्कर हुन आउँछ । यस्तो नीति स्पष्ट गरिएको अवस्थामा यदि कुनै कम्पनीले नीति प्रतिकुल मूल्य निर्धारण गरेको अवस्था विद्यमान देखिएमा सम्बन्धित कम्पनीलाई कस्तो नसीहत तथा सजाय गर्ने भन्ने व्यवस्था हुनु पनि जरुरी छ र त्यस्तो अवस्था आइपरेमा सम्बन्धित कम्पनीबाहेक अन्य कम्पनीको क्रियाकलापमा आँच आउन नदिने व्यवस्थासमेत सरकारका तर्फबाट निर्दिष्ट गरिनु अनिवार्य देखिन्छ ।

 

मेडियाबाट प्रकाशित तथा प्रसारित अपरिपक्व तथा आधारहीन समाचारलाई निर्णायक तहले अनावश्यक प्राथमिकतामा राख्नेः नेटवर्क, प्रत्यक्ष व्यापार, बहुतह व्यापारका बारेमा सामान्य जानकारी समेत नराख्नु हुने अनि विगतको पन्नाबाट हुबहु समाचार नक्कल गरेर सस्तो लोकप्रियताका पक्षधर रहेका मेडियाकर्मीको बाहुल्यता अहिले बाक्लै छ । हामीलाई के विश्वास छ भने त्यस्ता मेडियाकर्मी मित्रले सम्भवतः आजका दिनसम्म कुनै पनि नेटवर्क, प्रत्यक्ष व्यापार, बहुतह व्यापार गर्नेगराउने कम्पनीमा आवद्धता लिनुसमेत भएको छैन । हार्दिक प्रार्थना छ ती आदरणीय मेडियाकर्मी बन्धुवर्गमा कि बिना कुनै साक्षात्कारीता तथा प्रमाण जे पायो त्यही लेख्ने श्रृंखलालाई बन्द गरौँ । हामी मेडियाकर्मीलाई कलम चलाउने स्वतन्त्रता छ भन्दैमा कसैको पेटमा लातमार्ने अधिकार छैन । हो, गलत भएगरेको बारेमा सर्वसाधारणलाई सुसूचित गर्नु मेडियाकर्मीको धर्म हो तर नबिर्सौँ कि अतिरञ्जन गर्ने छुट मेडियाकर्मीलाई संविधानले दिएको छैन ।

 

हार्दिक प्रार्थना छ ती आदरणीय मेडियाकर्मी बन्धुवर्गमा कि बिना कुनै साक्षात्कारीता तथा प्रमाण जे पायो त्यही लेख्ने श्रृंखलालाई बन्द गरौँ । हामी मेडियाकर्मीलाई कलम चलाउने स्वतन्त्रता छ भन्दैमा कसैको पेटमा लातमार्ने अधिकार छैन । हो, गलत भएगरेको बारेमा सर्वसाधारणलाई सुसूचित गर्नु मेडियाकर्मीको धर्म हो तर नबिर्सौँ कि अतिरञ्जन गर्ने छुट मेडियाकर्मीलाई संविधानले दिएको छैन ।

 

अझ केही सभासदसमेत ठगिएको हवाला दिएर समाचार पनि आएको कुरो त झनै हास्यस्पद लाग्छ । सोचौँ त, सभासद हुनु भन्नाले सबै विषयमा जान्ने पारङ्गत अथवा सर्वज्ञाता भन्ने हुन्छ र ? झन् सभासदहरुलाई त अझ नैतिक बन्धनसमेत आइपर्दछ कि वहाँकै निर्वाचन क्षेत्रमा रहेका एकजना सर्वसाधारणले अनुरोध गरीरहँदा भड्किएर भविष्यमा भोट नपाइने पो हो कि ? भनेर कम्पनीका बारेमा अनि कम्पनीले अख्तियार गरेको नीतिबारे केही नबुझी नजानी रकम दिएर पठाइरहँदा म यो कम्पनीको लगानीकर्ता नभएर एक सामान्य स्वतन्त्र प्रतिनिधिमात्र हुँ भन्नेसम्म पनि थाह हुँदैन । यो अवस्थामा कम्पनीका बारेमा पूर्णजानकारी दिनबाट चुक्ने त्यो लिडर (स्वतन्त्र प्रतिनिधि) र नबुझीनजानी पैसा दिएर पठाउने त्यो सभासद दुवैलाई के भन्ने ?

 

दुर्भाग्य हाम्रो मुलुकको कि आफ्नै बारेमा स्पष्ट भएर सही वा गलत भनेर ठिम्याउन असक्षम केही व्यक्तिले जनता, समाज र राष्ट्रका बारेमा कस्तो निर्णय लिनुहुन्छ होला ? बसीबसी पैसा पाउने प्रलोभनमा लाग्ने त्यस्ता अल्छी र लाछी केही सभासदले राज्यको आर्थिक उन्नतिको मार्गमा कति सही सुझाव र योगदान दिन सक्नु होला ?

 

चुनौति पेश गर्न चाहन्छु म ती तमाम आदरणीय हाम्रा सभासदज्यूहरुलाई जसले आफु ठगिएको हवाला दिनुभएको छ कि वहाँहरुले आजसम्म आवद्धता जनाउनुभएको कम्पनीका बारेमा संसदमा आत्मविश्वासका साथ उभिएर निम्न प्रश्नहरुको जवाफ दिन सक्नुहुन्छ ?

 

  • तपाइँले हालसम्म नेटवर्क, प्रत्यक्ष व्यापार, बहुतह व्यापार गर्ने कुन कुन कम्पनीमा आवद्धता जनाइसक्नु भएको छ ?
  • तपाइँलाई त्यसका बारेमा जानकारी दिने व्यक्ति को हुनुहुन्छ र वहाँले तपाइँलाई कम्पनीका बारेमा के के स्पष्ट पार्नुभयो ?
  • नेटवर्क, प्रत्यक्ष व्यापार, बहुतह व्यापारका बारेमा स्पष्ट पार्नुपर्दा तपाइँ कसरी स्पष्टाउनु हुन्छ ?
  •  कम्पनीको शर्तप्रक्रिया राम्ररी बुझेर आवद्धता जनाउनु भएको हो ? यदि त्यसो हो भने शर्तप्रक्रिया मुताविक आफ्नो हिस्साको कार्यसम्पादन गर्नुभयो ?
  • तपाइँ आफैले बुझ्दै नबुझीकन आवद्धता जनाउनु भएको अवस्थामा को दोषी ? कम्पनी कि तपाइँ ?
  • एक सभासदका हैसियतले मुलुकको सर्वाङ्गीण विकासमा योगदान दिनु तपाइँको धर्म र दायित्व दुवै हो । मुलुकमा विद्यमान जल्दोबल्दो समस्याका रुपमा रहेको बेरोजगारिताको समस्यालाई न्यूनीकरण गर्न सक्षम नेटवर्क इण्डष्ट्रीलाई व्यवस्थित गरेर अगाडि बढाउनु उचित कि अनर्गल बहस गरेर त्यस्तो इण्डष्ट्रीलाई निरुत्साहित गरेर मुलुकलाई अझ पछिल्तिर धकेल्नु उचित ?

 

Photo: Google

 

निदानः

नेटवर्क व्यवसायी कम्पनीले प्रबन्धपत्रमा तथा नियमावलीमा व्याख्या गर्दैन गरेको कुरालाई व्यक्तिगत स्वार्थलिप्ततामा रहेर पर्याप्त जानकारीको अभावमा अफवाह फैलाएर सोझासिधा सर्वसाधारणलाई झुक्याउनु निश्चितरुपमा दण्डनीय कार्य हो र यसबाट त्यस्ता फटाही गर्नेले उन्मुक्ति कदापि पाउनु हुँदैन । साथै कुरै नबुझी लोभलालसा तथा प्रलोभनमा पर्नु पनि नियतवश खराब कार्य नै भएकोले त्यस्ता व्यक्तिलाई पनि चेतावनीसम्म दिनैपर्ने र अनावश्यक रुपमा आफै गलत भाएको अवस्थामा बिना प्रमाण कुनै पनि व्यक्ति तथा संस्थाको प्रतिष्ठामा आँच पुग्ने कार्य गरेमा सजाय एवम् क्षतिपूर्तिको व्यवस्था आवश्यक देखिन्छ । राज्यले रोजगारिताको अवसर सिर्जन नसकेर बौद्धिक पलायनताको शिकार हुनुपरेको राज्यको दुर्भाग्यको अवस्थामा सरोकारवाला निकायले गम्भीरतापूर्वक निर्णय लिएर जान आवश्यक छ । ध्यान आकृष्ट होस्, नेटवर्क इण्डष्ट्रीलाई व्यवस्थित गरेर नेपालको पर्यटन एवम् जडिबुटीजन्य उत्पादनलाई विश्वव्यापी बनाउने कार्य सरकारी तवरबाटै (नीजि तवरबाट गराउँदा आउने दिनहरुमा ब्युरोक्रेट्स्बाट नचाहिँदो झञ्झट लगानीकर्ताले व्यहोर्नु पर्ने सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्न) गरियो भने यो पक्कै पनि राष्ट्र र जनताका हीतमा रहने छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

वि.सं.२०८३ भदौ १७ बुधवार १४:३५

काठमाडौं: भदौ १० मा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले...

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

वि.सं.२०८३ भदौ १५ सोमवार १३:५४

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १२ जना...

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

वि.सं.२०८३ भदौ १५ सोमवार १२:०३

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...