सत्ता गठबन्धनबीच अमेरिकी सहायता एमसीसी परियोजना संसदमा लैजान सहमत

वि.सं.२०७८ फागुन ८ आइतवार १२:१९

काठमाडौं: सत्तारुढ पाँच दलीय सत्ता गठबन्धनबीच अमेरिकी सहायता परियोजना एमसीसी संसदमा टेबल गर्ने सहमति जुटेको छ ।
आइतबार बसेको बालुवाटार बैठकमा पूर्ववर्ती सरकारले संसदमा अनुमोदनका लागि पेश गरेको प्रस्ताव टेबल गर्ने सहमति जुटेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले अनुमोदनका लागि संसदमा पेश भइसकेको प्रस्तावलाई आइतबार नै टेबल गर्ने सहमति जुटेको जानकारी दिए ।
यसअघि शनिबार बसेको सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीले एमसीसी अनुमोदनका लागि संसदमा टेबल गर्न दिने निर्णय गरेको थियो ।
उक्त निर्णयपछि अर्को साझेदार नेकपा माओवादी केन्द्रलाई एमसीसी संसदमा टेबलका लागि थप दबाब सिर्जना भएको थियो ।
यसअघि नै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एमसीसी सम्झौता संसदमा टेबल गर्न दिन सहमत भएको खबर सार्वजनिक भइसकेको थियो ।
यसअघि भने नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले संसदमा जारी एमाले अवरोध नहटाइ र राष्ट्रिय सहमति नभई एमसीसी संसदमा टेबल नै गर्न नदिने अडान लिइरहेका थिए ।

वि.सं.२०७८ फागुन ८ आइतवार १२:१९