YouTube Link

सत्ता गठबन्धनबीच अमेरिकी सहायता एमसीसी परियोजना संसदमा लैजान सहमत

Facebook Link

 

काठमाडौं: सत्तारुढ पाँच दलीय सत्ता गठबन्धनबीच अमेरिकी सहायता परियोजना एमसीसी संसदमा टेबल गर्ने सहमति जुटेको छ ।

 

आइतबार बसेको बालुवाटार बैठकमा पूर्ववर्ती सरकारले संसदमा अनुमोदनका लागि पेश गरेको प्रस्ताव टेबल गर्ने सहमति जुटेको हो ।

 

प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले अनुमोदनका लागि संसदमा पेश भइसकेको प्रस्तावलाई आइतबार नै टेबल गर्ने सहमति जुटेको जानकारी दिए ।

 

यसअघि शनिबार बसेको सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीले एमसीसी अनुमोदनका लागि संसदमा टेबल गर्न दिने निर्णय गरेको थियो ।

 

उक्त निर्णयपछि अर्को साझेदार नेकपा माओवादी केन्द्रलाई एमसीसी संसदमा टेबलका लागि थप दबाब सिर्जना भएको थियो ।

 

यसअघि नै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एमसीसी सम्झौता संसदमा टेबल गर्न दिन सहमत भएको खबर सार्वजनिक भइसकेको थियो ।

 

यसअघि भने नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले संसदमा जारी एमाले अवरोध नहटाइ र राष्ट्रिय सहमति नभई एमसीसी संसदमा टेबल नै गर्न नदिने अडान लिइरहेका थिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

वि.सं.२०८३ भदौ १५ सोमवार १३:५४

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १२ जना...

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

वि.सं.२०८३ भदौ १५ सोमवार १२:०३

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...