YouTube Link

कम उमेरको युवतीसँग यौन सम्बन्ध राख्ने मन्त्रीको जागिर चट्

Facebook Link

 

एजेन्सीः नर्वेका रक्षामन्त्री ओड रोजर एनोक्सेनले निकै कम उमेरकी महिलासँग वर्षौंदेखिको आफ्नो सम्बन्ध रहेको खुलासा भएपछि पदबाट राजीनामा दिएका छन् ।

 

एनोक्सेनको राजीनामा स्वीकारेको पुष्टि गर्दै प्रधानमन्त्री जोनास गाहर स्टोरले शनिबार भने, ‘रक्षामन्त्रीको बारेमा जे कुरा बाहिरियो यसपछि यो एउटा आवश्यक निणर्य थियो ।’

 

एनोक्सेनले शनिबार एनटीबीसँग भनेका छन्, ‘मैले धेरै गलत छनोट र निणर्य गरेको छु र मेरो कार्यले अरूको जीवनलाई अझ कठिन बनाएकोमा सधैँ माफी माग्नेछु ।’

 

भिजी दैनिकका अनुसार एनोक्सेनले सन् २००५ मा आफ्नो साथी उच्च माध्यामिक विद्यालयका विद्यार्थी हुँदा प्रेममा परेको खुलेको छ । त्यति बेला ती युवती १८ वर्षकी थिइन् भने एनोक्सेनको उमेर ५० वर्ष पुगिसकेको थियो ।

 

उनको कक्षाका साथीहरूसँग राजधानी ओस्लोस्थित नर्वेको संसदमा एक दिने शैक्षिक भ्रमणमा गएका समय उनीहरूबीच पहिलो भेट भएको थियो ।

 

यात्रापछि ती किशोरीलाई एनोक्सेनले एकदमै घनिष्ठ सम्बन्ध बनाउन र यौन सम्बन्ध राख्न प्रस्ताव गरेको अनुसन्धानले पुष्टि गरेको भिजीले लेखेको छ ।

 

अहिले ३० वर्ष नाघेकी उक्त महिलाले राजनीतिमा उनको रुचिको कारण एनोक्सेनबाट परेको प्रभाव रहेको र उनले ‘आफूले चाहेको कुरा प्राप्त गर्न आफ्नो शक्ति, स्रोत र स्थान प्रयोग गरेको’ भन्दै पत्रिकामा उनीहरूको सम्बन्धको विस्तृत विवरण बताएकी छन् ।

 

ती महिलाका अनुसार, एनोक्सेन ऊर्जामन्त्री हुँदा सन् २००६ देखि २००७ को अन्तमा एनोक्सेनको कार्यालयमा कम्तीमा १२ पटक भेटेका थिए र ‘यौन क्रियाकलाप’ गरेका थिए ।

 

एनोक्सेनले भिजीसँग भनेका छन्, ‘उनी अफिसमा भेट्न गएको र छाडा स्वभावको केही कुरा नभएको भए पनि भेटले आपसी प्रेम बढाएको थियो ।’

 

सन् २००७ मा सरकारबाट बाहिरिएपछि मात्र उनीहरू घनिष्ठ भएको दाबी गर्दै शक्तिमा रहेका समय उनलाई प्रभाव पारेको भन्ने भनाइ गलत रहेको एनोक्सेनले दाबी गरेका छन् ।

 

प्रधानमन्त्री स्टोरले गत वर्षको आम निर्वाचनपछि रक्षामन्त्री नियुक्त हुनुअघि नै एनोक्सेनले यस विषयमा जानकारी नदिएकाले सो जानकारीले ‘फरक निष्कर्ष’ ल्याउने बताए । स्टोरले आफूले सकेसम्म चाँडै नयाँ रक्षामन्त्री नियुक्त गर्ने बताए । रासस/एएफपी

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...