YouTube Link

कालापानीमा तत्काल उच्चस्तरीय अनुगमन गर्न प्रदेश सरकारको माग

Facebook Link

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले नेपाली सीमा लिपुलेक कालापानी क्षेत्रको तत्काल स्थलगत भ्रमण गर्न संघीय सरकारसँग माग गरेको छ । भारतले नेपाली भुमीमा सडक निर्माण गरेको कुरा उठेपछि मुख्यमन्त्री त्रिलोचन भट्टले उच्चस्तरीय अनुगमन गरी वास्तविकता ल्याउन माग गरेका हुन् ।

मुख्यमन्त्री भट्टले सार्वभौम राष्ट्रका जनताका लागि भूमी मिचिनु असैह्य भएको भन्दै दार्चुलाका प्रमुख जिल्ला अधिकारीसँग बुझ्दा नेपाली भूमीमा सडक बनाएको भन्ने आएकोले तत्काल उच्चस्तरबाट अनुगमन भ्रमण गरी बास्तविकता सार्वजनिक हुनुपर्ने बताए । उनले सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषदले यसअघि नै उक्त सीमा क्षेत्रमा सुरक्षा पोष्ट स्थापना गर्न, नेपाली जनताले नेपालकै भूमी भएर जान मिल्नेगरी पैदल मार्ग निर्माण गर्न र कुटनीतिक पहलवाट समस्याको हल गर्न निर्णय गरी संघीय सरकारसँग अनुरोध गरेको बताउदै अब विलम्ब नगरी तत्काल कार्यान्वयमा जान अनुरोध गरे ।

मुख्यमन्त्री भट्टले नेपाली भूमी भएर नेपाली सीमासम्म आवतजावत गर्न पैदलमार्ग निर्माणमा प्रदेश सरकार पनि वजेटमा सहकार्य गर्ने बताए । सुदूरपश्चिम प्रदेश दार्चुलाको लिपुलेक मिचिएको विषय उठाएर खवरदारी गर्ने सबैलाई धन्यवाद दिदैं मुख्यमन्त्री भट्टले राष्ट्रियताको यो विषयमा संयमित भएर एकजुट हुनुपर्ने बताए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...