कभिड-१९ विरुद्ध लड्न नेपाली कांग्रेस नुवाकोट जिल्ला कार्यसमितिले गर्यो अपिल, भर्चुअल बैठकबाट गरिएका पाँच निर्णय
वि.सं.२०७८ वैशाख २३ बिहीवार १५:१२
2K
shares
काठमाडौं: नेपाली कांग्रेस नुवाकोट जिल्ला कार्यसमितिले बैशाख २२ गते बसेको भर्चुअल बैठकले कोभिड संकटका बेला एक भएर अघि बढ्न र सहयोग गर्न सबैमा अपिल गरेको छ ।
जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्यहरू, पूर्व सभापति, जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख, गाउँपालिका, नगरपालिका पार्टी सभापति, वरिष्ठ स्वास्थकर्मी, नागरिक समाजका वरिष्ठ ब्यक्तित्व, सम्पर्क समितिका अध्यक्ष, वडा अध्यक्ष लगायतका व्यक्तिहरुको सहभागितामा बैठकले उक्त अपिल गरेको हो ।

बैठकमा कोभिड-१९ बाट उत्पन्न संकट र त्यसको समाधानका उपाय तथा त्यसका लागि नेपाली कांग्रेस पार्टीले खेल्नसक्ने भूमिकाका सन्दर्भमा गम्भीर छलफल भएको हो । माहामारीको समयमा सरकारको अदूरदर्शिता र बेवास्ताका कारण माहामारीबाट आक्रान्त नागरिकको जीउधनको सुरक्षा गर्नु हामी सबैको साझा कर्तब्य हो भन्ने बैठकको निश्कर्ष रहेको पार्टी सभापति जगदिश्वरनरसिंह केसीले बताए ।
सबै राजनीतिक दल, नागरिक समाज, उद्योगी, व्यवसायी, पत्रकार, शिक्षक, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी र बिषेशगरी फ्रन्ट लाइनमा रहेर लडिरहनु भएका स्वास्थकर्मी साथीहरुमा अझै उच्च मनोबलका साथ एक भएर लड्न नेपाली कांग्रेस नुवाकोटले बिशेष अपिल गरेको हो ।
महामारीबाट आक्रान्त नागरिकहरूको जीवनरक्षाका लागि आफ्नो तहबाट सक्दो योगदान पुर्याउनु नेपाली कांग्रेसको राजनीतिक एवं सामाजिक कर्तव्य रहेको यथार्थलाई हृदयंगम गरी जिल्ला पार्टी कार्यालयलाई कोविड अस्थायी अस्पताल बनाउने विषयमा समेत जिल्ला कार्यसमितिको बैठकको निम्न निर्णय गरेको छ ।
निर्णयहरुः
१. जिल्लामा कोभिड अस्पतालको अभाव हुन नदिन पार्टी कार्यालयलाई डिसिएमसीले नै अस्थायी कोभिड अस्पाताल सञ्चालन गर्ने भए आवश्यक पूर्वाधार तयार गरी तीन महिनाका लागि उपलब्ध गराउने । यस विषयमा प्रमुख जिल्ला अधिकारीलाई सहमति पत्र दिइसकिएको हुँदा प्रजिअ र डिसिएमसीसँग थप छलफल गर्ने । सरकारले सदासयताका साथ सहकार्य गर्न चाहेमा त्यसै गर्ने ।
२. सरकारले प्रयोग नगर्ने भए पार्टी आफैँले अस्थायी आइसोलेसन केन्द्र सञ्चालन गर्ने । यसका लागि अन्य पार्टीका नेता र सरोकारवालाहरूसंग छलफल गरिने ।
३. पार्टी आफैँले गर्ने गरी अनुमति पाएमा हामी सबै मिलेर अघि बढ्ने र सरकारी संयन्त्रसँग समन्वय गरी आइसोलेसन केन्द्र सञ्चालन गर्ने ।
४. पार्टीका सबै तहका नेता, कार्यकर्ताले आ-आफ्नो ठाउँबाट योगदान गर्न र प्राप्त जिम्मेवारी वहन गर्न तयार रहन सबैमा आग्रह गर्ने ।
५. यो प्रारम्भिक बैठक भएकोले थप निर्णय पदाधिकारीहरू र आवश्यक जिम्मेवार नेताहरूसँगको बैठक र छलफलबाट निर्णय लिई सबैलाई जानकारी गराई कार्यान्वयन गर्ने ।
उपत्यकामा आजदेखि निषेधाज्ञामा थप कडाइ, पसल बिहान ९ बजेसम्म मात्रै खुला, फुटपाथ व्यवसाय बन्द
एनएसएल अन्तर्गत आज दुई खेल, पहिलो खेलमा ललितपुर र बुटवल तथा दोस्रो खेलमा काठमाडौं र बिराटनगरबीच प्रतिष्पर्धा
वि.सं.२०७८ वैशाख २३ बिहीवार १५:१२


















