YouTube Link

संसदीय समितिले बुझायो सरकारलाई कोरोना रोकथामका लागि १८ बुँदे निर्देशनात्मक सुझाव

Facebook Link

काठमाडौं: कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिले सरकारलाई १८ बुँदे निर्देशनात्मक सुझाव दिएको छ ।

 

समितिका सदस्य जीवनराम श्रेष्ठको संयोजकत्वमा गत भदौमा गठन गरिएको ७ सदस्यीय उपसमितिले बुधबार बसेको समितिको बैठकमा समितिका सभापति जयपुरी घर्तीलाई १८ बुँदे सुझावसहितको प्रतिवेदन बुझाएको छ ।

 

उपसमितिले कोरोना रोकथाम तथा नियन्त्रणका लागि चिकित्सकहरु, विभिन्न स्वास्थ्य संस्थाका सञ्चालकहरु, विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी, स्थानीय तहका जनप्रतिनिधि लगायतका व्यक्तिहरुसँग छलफल गरेर सुझाव संकलन गरी प्रतिवेदन तयार पारेको हो ।

 

यस्तो छ उपसमितिले दिएको १८ वटा सुझावहरु

 

(१) हालको कोभिडजस्ता संक्रामक महामारी भविष्यमा पनि आउनसक्ने संभावनालाई ध्यानमा राखी उपचार र नियन्त्रणका लागि सबै प्रदेश र केन्द्रमा आवश्यक सुविधासहितको संरचना तयार गर्न ध्यान दिनुपर्ने ।

 

(२) प्रत्येक अस्पतालमा संक्रामक रोग सम्बन्धी निश्चित शैयाको युनिट व्यवस्था गर्नुपर्ने । 

 

(३) निजी तथा सरकारी अस्पतालहरुमा अक्सिजन प्लान्ट राख्ने व्यवस्था मिलाउनुपर्ने र भएका अक्सिजन प्लान्ट राख्ने व्यवस्था मिलाउनुपर्ने र भएका अक्सिजन प्लान्टहरु निरन्तर रुपमा चालु अवस्थामा राख्ने । 

 

(४) संक्रामक तथा अन्य रोगहरुको बारेमा जनस्तरमा निरन्तर रुपमा जनचेतना विकासको अभियान सञ्चालन गर्नुपर्ने ।

 

(५) हाल स्वास्थ्य सेवामा दुर्गम र सुगम सम्बन्धी नीति यथावत भएकोले विषयविज्ञ चिकित्सकको अभाव भएको छ तसर्थ चिकित्सक बढुवा प्रणालीमा नीति परिवर्तन/सुधार गर्नुपर्ने ।

 

(६) अस्पतालहरुमा दरबन्दी अनुसार जनशक्ति व्यवस्थापन गर्ने ।

 

(७) खुला बोर्डर भएका ठाउँहरुमा संक्रामक लगायतका रोगसम्बन्धी चेक जाँच गर्न स्थायी स्वास्थ्य परीक्षण केन्द्रको व्यवस्था गर्नुपर्ने ।

 

(८) प्रादेशिक अस्पतालहरु प्रदेशले नै सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्ने ।

 

(९) प्रदेशभित्रका अस्पतालहरुको अनुगमन तथा निरीक्षण गर्ने अधिकार प्रदेश सरकारमार्फत गर्ने व्यवस्था मिलाउने ।

 

(१०) केन्द्र, प्रदेश र स्थानीय तह अन्र्तगत सबै अस्पताल र स्वास्थ्य केन्द्रहरुलाई सञ्चालनका लागि स्पष्ट नीति ल्याउनुपर्ने ।

 

(११) प्रादेशिक र जिल्ला अस्पतालहरुलाई भेन्टिलेटरसहितको आइसीयू लगायतका सेवाहरु प्रदान गर्नेगरी सुविधा सम्पन्न बनाउनुपर्ने ।

 

(१२) प्रादेशिक अस्पतालहरुमा सबै रोगहरुको उपचार हुनेगरी सेवा सुविधा प्रदान गर्न क्षमता अभिबृद्धि  गर्नुपर्ने ।

 

(१३) कारागारहरुलाई मानवीय वातावरणसहितको बस्ने स्थिति निर्माण गरी यस्ता संक्रामक रोगहरु तथा अन्य स्वास्थ्य समस्याका उपचार तथा व्यवस्थापनका लागि छुट्टै बजेटको व्यवस्था गर्नुपर्ने ।

 

(१४) निजी अस्पतालहरुमा स्वास्थ्य उपचारमा समरुपता कायम गरी दररेट सम्बन्धी निति निर्माण गरी लागू गर्नुपर्ने ।

 

(१५) जनस्तरमा महामारी र विपदजस्ता अवस्थामा स्थानीय तहको भूमिका सबैभन्दा बढी हुने भएकोले स्थानीय तहलाई यसका निम्ति क्षमता अभिबृद्धि गर्नुपर्ने ।

 

(१६) संक्रामक रोगको उपचार, रोकथाम र नियन्त्रणका लागि विद्यमान कानुनहरु अपुग भएको हुँदा तीन तहको संरचनालाई ध्यान दिई सो सम्बन्धी छुट्टै ऐन ल्याउनुपर्ने ।

 

(१७) सर्वसाधारण नागरिकका लागि कोरोना भाइरसको खोप वितरण कार्यक्रम सरल र प्रभावकारी बनाई यथाशक्य चाँडो खोप उपलब्धताको सुनिश्चित गर्नुपर्ने ।

 

(१८) छिमेकी देशहरुमा कोभिडको लहर पुनः बढ्दो क्रममा देखिएकाले सरकारले पनि सो सम्बन्धी आवश्यक सर्तकता अपनाउन कदम चाल्नुपर्ने  ।

 

एनबिए कप राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपको मिति परिवर्तन

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...