देशभर कोरोना संक्रमितको संख्या ३१,११७ पुग्यो
वि.सं.२०७७ भदौ ६ शनिवार २१:४१
1.4K
shares
काठमाडौं: देशभर ६ सय ३४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
शनिबार उपत्यकामा मात्रै २ सय १६ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।
प्रवक्ता डा. गौतमका अनुसार काठमाडौं जिल्लामा १ सय ६०, भक्तपुरमा ५० र ललितपुरमा ६ जना गरी काठमाडौं उपत्यकामा थप २ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
देशभर कोरोनाबाट संक्रमित हुनेको संख्या ३१ हजार ११७ पुगेको छ ।
हालसम्म १८ हजार ३ सय ५० जना डिस्चार्ज भएका छन् भने नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या १२ हजार ६ सय २१ रहेको छ ।
मन्त्रालयका अनुसार थप ९ जनाको मृत्यु भएको छ भने मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको छ ।
वि.सं.२०७७ भदौ ६ शनिवार २१:४१



















