YouTube Link

दोलखाको गौरीशंकर गाँउपलिका-२ को वडा कार्यालमा स्थानीयले लगाए तालाबन्दी

Facebook Link

बैशाखः दोलखाको गौरीशंकर गाँउपलिका-२, जुँगुको वडा कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन् । विगत ४० वर्षदेखि सेवा प्रवाह गर्दै आईरहेको वडा कार्यलय एकाएक अपायक परेको भन्दै गैरकानुनी रुपमा जनप्रतिनिधिहरुले सार्न खोजेपछि स्थानीयहरु र जनप्रतिनिधिहरुबीच समस्या देखा परेको हो ।

वडा कार्यालय निर्माणको लागि समिति गठन गर्न बोलाईएको बैठकमा उपस्थित स्थानीयहरुलाई बेवास्ता गर्दै मनोमानी ढंगले एकलौटि उपभोक्ता समिति गठन गरि एकाएक कार्यालय सार्ने कुरो चलेपछि त्यहाँ उपस्थित सरोकारवालाहरुले असहमति जनाएका थिए । हाल रहेको वडा कार्यालयबाट करिव तीन मिटरको दुरीमा सार्न खोजिएपछि जनप्रतिनिधिहरुले बैठक पुस्तिकाको साविकको पानामा निर्णय नगरि अर्को पानामा निर्णय गर्न लाग्दा कानुन बिपरित भएको भन्दै स्थानीय सरोकारवालाहरुले बैठक पुस्तिका नियन्त्रणमा लिई कार्यलयमा ७० जना सरोकारवालहरुको रोहवरमा ताला लगाउनु परेको स्थानीय ईवराज खड्का र भीष्मप्रकाश खड्काले जानकारी दिए ।

चार दशकदेखि बिना विवाद सञ्चालन हुँदै आएको कार्यालय नै सारेर नयाँ भवन निर्माण गर्ने निर्याय लेख्ने क्रममा बैठक पुस्तिका नियन्त्रणमा लिएर विज्ञप्ती जारी गर्नु परेको उनीहरुको भनाई छ । वडा कार्यालयको बैठक पुस्तिका सुरक्षित राखिएको उनीहरुले जानकारी दिएका छन् ।

दोलखाका प्र.जि.अ. भीमाकान्त शर्माले तालाबन्दीको जानकारी प्राप्त भए लगत्तै प्रहरी परिचालन गरिएको बताए । स्थानीय र सरोकारवालाहरुसँगको कुराकानीमा गैरकानुनी रुपमा उपभोक्ता समिति गठन र कार्यालय नसार्न गरेको अनुरोधलाई बेवास्ता गरी निर्णय गर्न लाग्दा बिवाद भएको बुझिएको प्र.जि.अ शर्माले जानकारी गराए । तालाबन्दी र बैठकपुस्तिका नियन्त्रणको विषयमा वडाध्यक्ष बसन्त कार्कीसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन नसकेको स्थानीयहरुको भनाई छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...