YouTube Link

पतञ्जलिका दुई टेलिभिजन च्यानलको अनुगनका लागि पुग्यो सूचना विभागको टोली मण्डिखाटार

Facebook Link

 

काठमाडौं: भारतीय बाबा रामदेवको संस्था पतञ्जलि नेपालले इजाजत पत्र बिनै दुई टेलिभिजन च्यानल सञ्चालन गर्न लागेको समाचार आएपछि सूचना तथा प्रसारण विभागको टोली मण्डिखाटार पुगेको छ ।

 

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार उद्घाटन गरेका भारतीय योगगुरु रामदेवको पहलमा सुरु भएका दुई टीभी च्यानलले नेपाल सरकारबाट प्रसारणका लागि इजाजतपत्र नै नपाएको खुलेको हो ।

 

पतञ्जली नेपाल र आस्था नेपाल नाम दिइएका दुवै टीभी च्यानल नेपालमा कहीँ पनि दर्ता नभएको समाचारमा सार्वजनिक भएपछि सूचना विभागले छानबिन थालेको हो ।

 

विभागका अधिकारीहरुको एउटा टोली अहिले काठमाडौंकै मण्डिखाटारस्थित दुवै टेलिभिजन च्यानलको कार्यालयमा पुगेर सोधपुछ थालेको हो ।

 

यी दुवै टीभी च्यानलले नेपाल सरकारबाट प्रसारणका लागि इजाजतपत्र नै नलिएको समाचार नेपालखबरले प्रकाशन गरेको थियो ।

 

 

नेपालमा टेलिभिजन प्रसारणका लागि सञ्चार मन्त्रालयअन्तर्गतको सूचना तथा प्रसारण विभागले इजाजत दिने गर्छ । पतञ्जलिले टीभी च्यानल प्रसारणका लागि इजाजतपत्र नै नलिएको खुलेपछि विभाग सक्रिय भएको हो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...