पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बर्दघाट नवलपुरमा बस र ट्रक एक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु, २४ घाइते
घाइतेको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार हुँदै
वि.सं.२०७८ भदौ २९ मंगलवार १०:१४
2.4K
shares
काठमाडौं: पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको बर्दघाट नवलपुरमा बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने २४ घाइते भएका छन् ।
कडभिट्टाबाट महेन्द्रनगरका लागि छुटेको सुप्र ०२–००१ नंको यात्रुबाहक बस र ना ६ ख ७१२६ नम्बरको ट्रक नवलपुरको गैँडाकोट–१०, २३ स्मृति पुल नजिक एकआपसमा ठोक्किएको थियो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार बस सडकबाट १० मिटर तल खस्दा सवार तीन जनाको घटना स्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा दुई महिला र एक पुरुष छन् ।
बसमा चालकसहित २६ जना सवार रहेका बताइएको छ । तीमध्ये तीन जना घाइतेको अवस्था गम्भीर छ । यसैगरी ट्रकका चालकसमेत घाइते भएका छन् ।
घाइतेको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको छ ।
वि.सं.२०७८ भदौ २९ मंगलवार १०:१४



















