प्रदेश १ मा कोरोना सङ्क्रमितको संख्या ३१ पुग्यो
वि.सं.२०७७ वैशाख १६ मंगलवार १०:२३
1.1K
shares
झापाः प्रदेश नं.१ मा हालसम्म पाँच हजार ८ सय ९ जनाको कोरोना परीक्षण भएको छ । प्रदेश सरकारका अनुसार द्रूत परीक्षण (आरडिटी) बाट कूल चार हजार ८ सय २८ र ल्याबमा स्वाब ल्याएर गरिने परीक्षण (पिसीआर) विधिबाट ९ सय ८१ जनाको नमूना परीक्षण भएको छ ।
प्रदेश नम्बर १ मा ३१ जनालाई कोरोना सङ्क्रमण देखिएको छ भने २ हजार ९२ जना क्वारेन्टाइनमा छन् । प्रदेश सरकारले स्थापना गरेको कोरोना उपचार कोषमा २८ करोड ८२ लाख ९७ हजार ५४ जम्मा भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।
वि.सं.२०७७ वैशाख १६ मंगलवार १०:२३




















