YouTube Link

‘पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ सम्पन्न, ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकारहरुले जित अवार्ड

Facebook Link

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । शनिबार ललितपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सभामुख देवराज घिमिरे र विशेष अतिथि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्का लगायतको उपस्थितिमा ८ विधामा उत्कृष्ट फोटो पत्रकारहरूलाई अवार्ड प्रदान गरिएको हो ।

 

समूहले विभिन्न अवार्डका विधाहरूमा आवेदन खुला गरी ५ जना नोमिनेसनबाट एक–एक जना विजेता छनोट गरी फरक–फरक विधामा अवार्ड वितरण गरेको हो । समारोहमा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने फोटो पत्रकारहरूलाई सम्मान गरिएको थियो । नेपाल टेलिकम दैनिक जीवन फोटो पत्रकारिता अवार्ड नयाँ पत्रिकाका दीपेन्द्र ढुंगानाले प्राप्त गरे ।

 

पन्चकन्या ग्रुप महिला फोटो पत्रकारिता अवार्ड गोरखापत्र दैनिककी कविता थापाले जितिन् । सूर्यज्योति लाइफ इन्स्योरेन्स राजनीतिक फोटो पत्रकारिता अवार्ड द हिमालयन टाइम्सका स्कन्द गौतमले पाए । डिश होम इन्टरनेट खेलकुद फोटो पत्रकारिता अवार्ड उदिप्त सिंह क्षेत्रीलाई प्रदान गरियो ।

 

कृषि विकास बैंक स्वतन्त्र फोटो पत्रकारिता अवार्ड नेपाल आर्मीका फोटो पत्रकार राजिब हेन्गाजुले जिते । एडभेन्चर आउटडोर पर्यटन तथा संस्कृति फोटो पत्रकारिता अवार्ड गोरखापत्र अनलाइनका मनोजरत्न शाहीलाई प्रदान गरियो । राष्ट्रिय वाणिज्य बैंक मनोरञ्जन फोटो पत्रकारिता अवार्ड अन्नपूर्ण पोस्ट डटकमका अभिषेक महर्जनले पाए भने ग्लोबल आइएमइ बैंक आर्थिक फोटो पत्रकारिता अवार्ड अनलाइन खबर डटकमका चन्द्रबहादुर आलेले प्राप्त गरे ।

 

प्रदेशस्तरमा समेत उत्कृष्ट फोटो पत्रकारहरूलाई सम्मान गरिएको थियो । गुर्खाज फाइनान्स कोशी प्रदेश फोटो पत्रकारिता अवार्ड रासस संखुवासभाका सुजन बज्राचार्यले पाए। मधेश प्रदेशतर्फ यात्रा डेलीका राम सर्राफ, बागमती प्रदेशतर्फ राससका नबिन पौडेल, गण्डकी प्रदेशबाट परिचय डटकमका प्रेम थापा, लुम्बिनी प्रदेशतर्फ कान्तिपुर दैनिकका माधव प्रसाद अर्याल, कर्णाली प्रदेशतर्फ हिमालय टेलिभिजनका अमृत कुमार बुढाथोकी र सुदूरपश्चिम प्रदेशतर्फ लोकेश साउदले अवार्ड जित्न सफल भए ।

 

समारोहमा जीवनभर फोटो पत्रकारितामा योगदान पुर्‍याएका वरिष्ठ फोटो पत्रकार देवेन्द्रमान सिंहलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो । त्यस्तै, संस्थाका आजीवन सदस्य स्वर्गीय चुङ्बा शेर्पालाई मरणोपरान्त विशेष सम्मान प्रदान गरिएको थियो । राष्ट्रिय फोटो पत्रकार आपत्कालीन राहत कोषमा योगदान गर्ने विभिन्न समाजसेवी तथा शुभेच्छुकहरूलाई पनि प्रशंसा पत्र प्रदान गरिएको थियो ।

 

पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५ का लागि निर्णय गर्न अध्यक्ष प्रदीपराज वन्तको संयोजकत्वमा वरिष्ठ फोटो पत्रकार शैलेन्द्र खरेल, नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलिया, सूर्यज्योति लाइफ इन्स्योरेन्सका ब्राण्डिङ एण्ड कम्युनिकेशन प्रमुख मेघेन्द्र प्रकाश गिरी, प्राज्ञा वास्तुकला तथा सृजनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारी र देश सञ्चारका सहसम्पादक मनोज दाहाल सम्मिलित निर्णायक मण्डल गठन गरिएको थियो ।

 

कार्यक्रमका प्रमुख अतिथि सभामुख घिमिरेले फोटो पत्रकारिता लोकतान्त्रिक समाजको महत्वपूर्ण अङ्ग भएको बताउँदै फोटो पत्रकारिताले देशको वास्तविक ऐना प्रस्तुत गर्ने महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । घिमिरेले प्रजातन्त्र, लोकतन्त्र र लोकतान्त्रिक गणतन्त्रमा पत्रकारिता मात्र नभई फोटो पत्रकारिताले पनि उल्लेखनीय योगदान पुर्‍याएको स्पष्ट पारे। उनले तस्वीरहरू मार्फत हजारौँ भ्रमात्मक सन्देशलाई खण्डन गर्दै देशको यथार्थ उजागर गर्ने काम फोटो पत्रकारहरूले गर्दै आएको उल्लेख गरे ।

 

सभामुख घिमिरेले फोटो पत्रकारिताले विगतदेखि वर्तमान हुँदै भविष्यसम्म हाम्रो यात्रालाई डोर्याएको बताए। उनले हालै चैत्र १५ गते पत्रकार सुरेश रजकले ज्यान गुमाएको घटनालाई स्मरण गर्दै फोटो पत्रकारिता जोखिमपूर्ण र चुनौतीपूर्ण पेसा भएको प्रष्ट पारे। घिमिरेले फोटो पत्रकारिताको योगदानलाई देशले चिनेको भन्दै आगामी दिनमा फोटो पत्रकारिताका अप्ठ्यारा र चुनौतीलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

 

कार्यक्रमका विशिष्ट अतिथि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले अप्ठेरो परिस्थितिमा समेत फोटो पत्रकारहरूले निष्पक्ष ढङ्गले सत्य उजागर गर्ने कार्य गरेको प्रशंसा गरे। उनले शब्दलाई बंग्याएर राख्न सकिएला तर फोटो पत्रकारिताले निष्पक्षतापूर्वक दुष्प्रचारलाई खण्डन गर्ने क्षमता राख्ने बताए । मन्त्री खड्काले आफूलाई जोखिममा पारेर श्रव्यदृश्यसहितको सूचना दिने विधा फोटो पत्रकारिता रहेको उल्लेख गर्दै देशभरिका फोटो पत्रकारहरूलाई सम्मान गरेर आगामी पुस्तालाई थप ऊर्जा प्रदान गरिएको बताए । उनले आज सफल फोटो पत्रकारहरूले भोलिको पुस्तालाई ऊर्जाशील बनाएको भन्दै शुभकामना पनि व्यक्त गरे ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

वि.सं.२०८३ भदौ १० बुधवार १६:१४

काठमाडौं: रसुवामा आएको भीषण बाढीपछि रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...