YouTube Link

राष्ट्रिय राजमार्ग र पुल-पुलेसामा भएको क्षतिप्रति गम्भीर चिन्ता

Facebook Link

काठमाडौं: नेपाल ट्रक यातायात व्यवसायी महासंघले भारतीय मालबाहक सवारी साधनको निर्वाध आवागमनमा रोक लगाई ७२ घण्टे प्रवेश पास खारेज गर्नुपर्ने माग दोहोर्याएको छ । पुस २६ गते भारतीय मालबाहक एन.एल.०१ ए एच ५१६१ नम्बरको सवारी साधनले अत्यधिक भार बहन गरी सञ्चालन भएका कारण नवलपुरको दुम्कीबासमा रहेको विनय खोलाको पुल भाँचिएपछि नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव राजेन्द्रविक्रम बानियाँले पत्रकार सम्मेलन गरेरै यस्तो माग दोहोर्याएका हुन् ।

 

महासचिव बानियाँले भने- ‘उक्त पुल भाँचिदा सवारी साधन सञ्चालनमा समेत बाधा पुग्न गएकाले यस सम्बन्धमा गण्डकी प्रदेशका सम्बन्धित निकायहरुलाई कारबाही प्रक्रिया अघि बढाउन ध्यानाकर्षण गराउँछौं । स्वदेशी र विदेशी मालबाहक सवारी साधनको भारबहन नियन्त्रणमा नेपाल सरकारका सम्बन्धित निकायहरुबाट विशेष पहलमा उदाशीनता देखाए अन्य सडक संरचनाहरुमा समेत क्षति हुने हुँदा तत्काल विशेष पहल लिन आग्रह गर्दछौं ।’

 

नेपाल ट्रक यातायात व्यवसायी महासंघले सडक सुरक्षाका निम्ति बारम्बर चिन्ता र चासो देखाउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएको छ । नेपालभित्र सञ्चालनमा रहेका सम्पूर्ण मालबाहक सवारी साधनहरुले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र यातायात व्यवस्था नियमावली २०५४ को अधिनमा रही सञ्चालन गर्नुपर्ने र राजमार्गहरुमा अनधिकृत कानूनी छिद्रको प्रयोग गर्दै स्वदेशी तथा विदेशी सवारी साधनले अधिक भारबहन गरी सञ्चालन भएको बारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग र प्रहरी प्रधान कार्यालयलाई लिखित पत्रमार्फत जानकारी गराइसकेको छ ।

 

नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव राजेन्द्रविक्रम बानियाँले मालबाहक सवारी साधन भारबहन नियम सम्बन्धी कार्याविधि २०७४ लाई कडाइका साथ कार्यान्वयन गर्नुपर्ने, नेपाल प्रवेश गर्ने भारतीय सवारी साधनलाई भन्सार विन्दूमा नै नेपालको कानूनले तोकेको भारबहनभन्दा बढी माल-बस्तुको जाँचपास गर्ने अधिकारीलाई जिम्मेवार बनाइनुपर्ने, नेपालका जीर्ण पुल र जोखिमयुक्त सडकहरुमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिन्ह राखिनुपर्ने, ट्राफिक प्रहरी, जनपद प्रहरी र यातायात व्यवस्था कार्यालयहरुबाट मालबाहक सवारी साधनले तोकिएको भारबहन गरेका छन् कि छैनन् भनी मान्यताप्राप्त तौल पुल र निकायको लोड सीट समेत चेकजाँच गरिनुपर्ने र अधिक भारबहन गरेको पाइएमा जरिवानासहित अधिक भारलाई अनलोड गर्न लगाई मिलान गरेर मात्र अगाडि बढ्न दिने व्यवस्था तत्काल गर्न जोड दिएका छन् ।

 

मालबाहक सवारी साधनले बोकेको सामानसहितको भार प्रमाणित हुने सम्बन्धित निकाय वा नेपाल ट्रक यातायात व्यवसायी महासंघले सञ्चालन गरेको तौल पुलले जारी गरेको प्रमाणित कागजात अनिवार्य रुपमा लिएर हिंड्नुपर्ने व्यवस्थालाई उल्लंघन गरी राजमार्गहरुमा बढी भारबहन गरी सवारी साधन सञ्चालनमा रहेका कारणले देशका राष्ट्रिय राजमार्ग र पुल-पुलेसामा क्षति हुनुका साथै दूर्घटना समेत बढेकोमा महासंघले गम्भीर चिन्ता व्यक्त गरेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

वि.सं.२०८३ साउन ३१ आइतवार ११:४१

काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाका प्रमुख...