YouTube Link

सहकारी रकम अपचलनको अनुसन्धानका लागि रास्वपाका सभापति रवि लामिछानेलाई रुपन्देही लगियो

Facebook Link

रुपन्देही: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय रुपन्देही लगिएको छ । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनको अनुसन्धानका क्रममा रहेका उनलाई मंगलबार श्री एयरलाइन्सको जहाजबाट भैरहवा लगिएको थियो ।

 

त्यहाँबाट उनलाई बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा लगिएको हो । सभापति लामिछानेलाई रुपन्देही लगिएपछि रास्वपाले मंगलबार भैरहवामा विरोध कार्यक्रम गरेको छ । प्रहरीले प्रदर्शनकारीकै बीचबाट रविलाई भ्यानमा हालेर लगेको हो । रुपन्देही जिल्ला अदालतले रवि लामिछाने र छविलाल जोशीसहित १२ जनाविरुद्ध  पक्राउ पूर्जी जारी गरिसकेको छ । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि उनीहरूविरुद्ध पक्राउ पूर्जी जारी भइसकेको छ ।

 

पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको सहारा, पर्साको सानोपाइला र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा अवैध रुपमा लगेर हिनामिना गरेको अभियोगसहित लामिछानेविरुद्ध अनुसन्धान भइरहेको छ । यसै प्रकरणमा कास्की जिल्ला अदालतले लामिछानेलाई आइतबार थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको थियो। गत कात्तिक २ गते पक्राउ परेका रविविरुद्ध म्याद थप भएको यो चौथोपटक म्याद थप गरिएको हो । रविलाई कात्तिक २ गते काठमाडौँको वनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ गरिएको थियो ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

वि.सं.२०८३ भदौ १० बुधवार १६:१४

काठमाडौं: रसुवामा आएको भीषण बाढीपछि रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...