YouTube Link

विजय थापाको ‘शिव शंकर’ भजनको म्यूजिक भिडियो आउँदै

Facebook Link

काठमाडौं: गायक विजय थापाको स्वरमा रहेको ‘शिव शंकर’भजनको म्यूजिक भिडियो छायांकन सम्पन्न भई चाँडै आम दर्शक माझ आउने प्रक्रियामा रहेको गायक थापाले जानकारी दिएका छन् ।

 

सिन्चुरी सुरेश धमालको रचनामा रहेको भजनलाई महेश ज्ञवालीले संगीत भरेका छन् । उक्त भजनको छायांकन श्री केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा गरिएको छ । गीतको रचनाकार धमालको समेत अभिनय रहेको उक्त भजनको छायांकनको क्रममा उनले भजनको भाव अनुसार डोलेश्वर महादेव उपयुक्त रहेको र सोहि अनुसार छायांकन भएकोमा आफु उत्साहित रहेको बताए ।

 

त्यस्तै गायक थापाले भजन दर्शनार्थी भक्तजनहरुका लागि अत्यन्तै प्रिय हुने भएकोले यो भजन आम सर्वसाधारणहरुको जनजिब्रोमा गुञ्जिरहनेमा आफु विश्वस्त रहेको बताए । भजनका संगीतकार महेश ज्ञवालीले यो भजनको मेलोडि अत्यन्तै सरल रहेको र चाँडै नै आम सर्वसाधारणको मन मस्तिष्कमा रहन सफल हुनेमा कुनै दुईमत नरहेको प्रतिक्रिया दिए ।

 

शिवको वर्णन सहित अभिनय गरेका देव सरकारले यो भजन अत्यन्तै कर्णप्रिय रहेको र यो भजनमा आफुले अभिनय गर्न पाउँदा अत्यन्तै रमाईलो र आनन्द आएको प्रतिक्रिया दिए । भजनको भिडियो परिकल्पना ईन्द्र लामाले गरेका छन् भने भिडियोको निर्देशन/छायांकन/सम्पादन सुबास मुखिया सुनुवारले गरेका छन् । भजनको संगीत संयोजन संजय हमालले गरेका हुन भने अजय देव अधिकारले रेकर्डिङ गरेका हुन् । भजनको मिक्स माष्टर गोविन्द सोनीको रहेको छ ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
बाहिरी भेटघाटका लागि सशस्त्र प्रहरीमा कडाइ

बाहिरी भेटघाटका लागि सशस्त्र प्रहरीमा कडाइ

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:३३

काठमाडौं: सशस्त्र प्रहरी बल नेपालमा बाहिरी भेटघाटमा कडाइ गरिएको छ...

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:१८

चितवन: राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि चितवनमा...

हिमाली भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

हिमाली भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:०९

काठमाडौं: हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम...

हेर्नुहोस् आज २०८२ कात्तिक २१ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ कात्तिक २१ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:०३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

नेपाल युएई त्रिकोणात्मक सिरिजको सबै खेलमा पराजित

नेपाल युएई त्रिकोणात्मक सिरिजको सबै खेलमा पराजित

वि.सं.२०८२ कात्तिक २० बिहीवार ०७:१९

काठमाडौं: आसिसी क्रिकेट विश्वकप लिग-टु अन्तर्गत नेपालले युएई त्रिकोणात्मक सिरिजको...

१०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

१०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

वि.सं.२०८२ कात्तिक २० बिहीवार ०६:५२

काठमाडौं: १०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने भएको छ...