सोलुखुम्बु, ओखलढुंगा, खोटाङ र भोजपुर पुग्न पाँच जिल्ला घुम्नुपर्ने
वि.सं.२०८१ असोज १५ मंगलवार १३:१८
2.2K
sharesकाठमाडौं: शुक्रबार र शनिबार गएको अविरल वर्षाका कारण सडकहरु अवरुद्ध भएपछि पूर्वका ४ पहाडी जिल्ला पुग्न ५ जिल्ला घुम्नुपर्ने भएको छ । काठमाडौंबाट बीपी राजमार्गको सिन्धुली हुँदै पहाडी जिल्ला पुगिन्थ्यो भने अब चितवन भएर जानुपर्ने भएको हो । बीपी राजमार्ग हुँदै सिधै खोटाङ पुग्ने गाडी अब ५ जिल्ला घुमेर मात्रै सदरमुकाम हलेसी पुग्न सकिने भएको हो ।
काठमाडौंबाट सोलुखुम्बु, ओखलढुंगा, खोटाङ र भोजपुर पुग्न घुर्मिहुँदै जानुपर्छ। दशैंअघि बीपी राजमार्ग खोल्ने सम्भावना कम भएकाले व्यवसायीले चितवन-हेटौंडा हुँदै गाडी घुमाएर लैजाने भएका हुन् । बीपी राजमार्गको खुर्कोटबाट घुर्मी हुँदै खोटाङ हलेसी पुगिन्थ्यो । खोटाङको सदरमुकार घुर्मीबाट १ घण्टामै जयरामघाट हुँदै हलेसी पुग्न सकिन्छ ।
खोटाङ यातायात व्यवसायी महासंघले सुमो र बस चितवन पुगेर हेटौंडा हुँदै हलेसी जानुपर्ने बाध्यता रहेको बताएको छ । काठमाडौं-खोटाङसहितका ४ जिल्ला पुग्न नयाँ रुटको रुपमा काठमाडौं-मुग्लिन-नारायणघाट-हेटौँडा-सिन्धुली-कटारी-घुर्मी हुँदै ४ जिल्ला पुग्नुपर्छ ।
वि.सं.२०८१ असोज १५ मंगलवार १३:१८