YouTube Link

हरितालिका तीजको अघिल्लो दिन आज दर खाने

Nepali Sena Suvakamana Dashain
Facebook Link

रामेछाप: नेपाली नारीहरुको चाड हरितालिका तीजको अघिल्लो दिन नेपाली नारीहरू आज दर खाँदैछन् । दरखाने दिनसँगै औपचारिक रुपमा सुरु हुने तीज ऋषिपञ्‍चमीसम्म चार दिन मनाइन्छ । दर खाने दिनको भोलिपल्ट तीज पर्व पर्छ ।

भाद्र शुक्ल द्वितीया अर्थात तीजमा निराहार व्रत बस्ने भएकाले त्यस दिनका लागि शक्ति प्राप्त गर्न अघिल्लो दिन पौष्टिक तत्व युक्त दर खाने परम्परा छ । दर खाने दिनमा विभिन्न मीठा-मीठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने गरिन्छ । दरका रूपमा विशेषगरी खीर, ढकनी, विभिन्न परिकारका मिठाई, दूध घिउबाट बनेका परिकार खाने प्रचलन छ । तर पछिल्लो समय माछा-मासुका परिकारलाई पनि दर स्वरूप खाने-खुवाउने परम्परा बसेको छ । त्यतिमात्र नभई एक महिना अघिबाटै दर खाने र नाचगान गर्ने क्रम चल्न थालेको छ ।

परापूर्वकालमा माता पार्वतीले भगवान शिवलाई पतिको रुपमा पाउन निराहार ब्रत बसेको र कामना पूरा भएको धार्मिक विश्‍वाससाथ अविवाहितले राम्रो पति पाउन र विवाहीताहरुले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै व्रत बस्‍ने चलन छ । दर खानका लागि चेलीबेटीलाई माइत बोलाउने चलन छ । तीजको अवसरमा नेपाली नारीले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई गीतमार्फत पोख्‍ने गर्छन् । तर पछिल्लो समय तिजका गीतको मौलिकता हराउँदै गएको छ । विकृति समेत निम्तिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...