YouTube Link

बस दुर्घटनामा अहिलेसम्म १४ जनाको शव निकायो, १६ जना घाइतेको उपचारका लागि स्थानीय अस्पतालमा लगियो

Facebook Link

काठमाडौं: तनहुँको आँबुखैरेनीस्थित ऐना पहारामा नजिक मर्स्याङ्दी नदीमा खसेको भारतीय नम्बरको यात्रुवाहक बस दुर्घटनामा अहिलेसम्म १४ जनाको शव निकालिएको प्रहरीले जनाएको छ । १६ जना घाइतेलाई उद्धार गरी उपचारको लागि स्थानीय अस्पतालमा पठाएको छ ।

 

दुर्घटनास्थल अप्ठ्यारो भीर र तल नदी बगिरहेको कारण उद्दारका लागि डोरीको सहायताले जानुपर्ने अवस्था रहेको प्रहरीको भनाइ छ । भारतीय नम्बरको यात्रुवाहक बस रुपन्देहीको बेलहिया (भैरहवा) नाकाबाट भित्रिएको खुलेको छ ।

 

पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस शुक्रवार मर्स्याङ्दी नदीमा खसेको थियो । भैरहवा भन्सार कार्यालयको सूचना प्रविधि शाखाका अनुसार यूपी ५३ एफटी ७६२३ नम्बर प्लेटको भारतीय बस भदौ ४ गते आठ दिनको भन्सार प्रक्रिया पूरा गरी बेलहिया नाकाबाट नेपालमा भित्रिएको हो । उक्त बस भदौ ११ गते फर्किने गरी प्रवेश गरेको हो ।

 

दुर्घटनामा परेको बसमा सवार यात्रुहरूको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन । यूपीको गोरखपुरमा रहेको केसरवानी ट्रभाल्सबाट बुक गरिएको बसमा पर्यटकहरू नेपाल आएका थिए । बसमा सवार यात्रुहरू भारतको महाराष्ट्रको रहेको बताइएको छ । उनीहरू भारतको इलाहबादबाट बसमा सवार भएर चित्रकुट धामको दर्शन गरी गोरखपुर हुँदै नेपाल भित्रिएका थिए । ११० जना पर्यटकहरूको नेपाल भ्रमणका लागि केसरवानी ट्राभल्सबाट तीन वटा बस बुक गरिएको थियो । जसमध्ये ४५ सिट संख्या रहेको उक्त एउटा बसको दुर्घटना भएको हो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...