YouTube Link

बस दुर्घटनामा अहिलेसम्म १४ जनाको शव निकायो, १६ जना घाइतेको उपचारका लागि स्थानीय अस्पतालमा लगियो

Khanepani Dhal
Facebook Link

काठमाडौं: तनहुँको आँबुखैरेनीस्थित ऐना पहारामा नजिक मर्स्याङ्दी नदीमा खसेको भारतीय नम्बरको यात्रुवाहक बस दुर्घटनामा अहिलेसम्म १४ जनाको शव निकालिएको प्रहरीले जनाएको छ । १६ जना घाइतेलाई उद्धार गरी उपचारको लागि स्थानीय अस्पतालमा पठाएको छ ।

 

दुर्घटनास्थल अप्ठ्यारो भीर र तल नदी बगिरहेको कारण उद्दारका लागि डोरीको सहायताले जानुपर्ने अवस्था रहेको प्रहरीको भनाइ छ । भारतीय नम्बरको यात्रुवाहक बस रुपन्देहीको बेलहिया (भैरहवा) नाकाबाट भित्रिएको खुलेको छ ।

 

पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस शुक्रवार मर्स्याङ्दी नदीमा खसेको थियो । भैरहवा भन्सार कार्यालयको सूचना प्रविधि शाखाका अनुसार यूपी ५३ एफटी ७६२३ नम्बर प्लेटको भारतीय बस भदौ ४ गते आठ दिनको भन्सार प्रक्रिया पूरा गरी बेलहिया नाकाबाट नेपालमा भित्रिएको हो । उक्त बस भदौ ११ गते फर्किने गरी प्रवेश गरेको हो ।

 

दुर्घटनामा परेको बसमा सवार यात्रुहरूको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन । यूपीको गोरखपुरमा रहेको केसरवानी ट्रभाल्सबाट बुक गरिएको बसमा पर्यटकहरू नेपाल आएका थिए । बसमा सवार यात्रुहरू भारतको महाराष्ट्रको रहेको बताइएको छ । उनीहरू भारतको इलाहबादबाट बसमा सवार भएर चित्रकुट धामको दर्शन गरी गोरखपुर हुँदै नेपाल भित्रिएका थिए । ११० जना पर्यटकहरूको नेपाल भ्रमणका लागि केसरवानी ट्राभल्सबाट तीन वटा बस बुक गरिएको थियो । जसमध्ये ४५ सिट संख्या रहेको उक्त एउटा बसको दुर्घटना भएको हो ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
चिनियाँ नयाँ वर्षको अवसरमा नेपाली युवा टोली र चीनको युनानले मैत्रीपूर्ण फुटबल खेल्दै

चिनियाँ नयाँ वर्षको अवसरमा नेपाली युवा टोली र चीनको युनानले मैत्रीपूर्ण फुटबल खेल्दै

वि.सं.२०८१ फागुन २ शुक्रवार १८:२९

काठमाडौं: चिनियाँ नयाँ वर्षको अवसरमा अखिल नेपाल फुटबल संघ (एन्फा)...

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

वि.सं.२०८१ फागुन २ शुक्रवार ११:०१

काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा तालिका...

इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप खेल्न रेखा पौडेल नेपाल फर्किँदै

इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप खेल्न रेखा पौडेल नेपाल फर्किँदै

वि.सं.२०८१ फागुन २ शुक्रवार १०:२३

काठमाडौं: व्यवसायीक फुटबल खेल्नका लागि युएई पुगेकी नेपाली राष्ट्रिय महिला...

सर्वाधिक कमाउने खेलाडीको सूचीमा रोनाल्डो पहिलो नम्बरमा

सर्वाधिक कमाउने खेलाडीको सूचीमा रोनाल्डो पहिलो नम्बरमा

वि.सं.२०८१ फागुन २ शुक्रवार १०:०५

एजेन्सी: पोर्चुगलका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो सन् २०२४ मा विश्वकै...

शीर्ष स्थानको लिभरपुल एभर्टनसँग बराबरीमा रोकियो

शीर्ष स्थानको लिभरपुल एभर्टनसँग बराबरीमा रोकियो

वि.सं.२०८१ फागुन १ बिहीवार ०८:३२

एजेन्सी: इङ्ग्लिस प्रिमियर लिगको शीर्ष स्थानको लिभरपुल बराबरीमा राकिएको छ...

च्याम्पियन्सिप लिगको प्ले अफको पहिलो लेगमा बायर्नको जित

च्याम्पियन्सिप लिगको प्ले अफको पहिलो लेगमा बायर्नको जित

वि.सं.२०८१ फागुन १ बिहीवार ०८:१५

एजेन्सी: बायर्न म्युनिखले च्याम्पियन्सिप लिगको प्ले अफको पहिलो लेगमा जित...