YouTube Link

रास्वपामा पार्टी परित्याग गर्नेको क्रम बढ्दै, खोटाङका प्रचार-प्रसार विभाग प्रमुख दाहालको राजिनामा घोषणा

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीमा जुन जोस र जाँगरका साथ युवाहरु पार्टी प्रवेश गरेका थिए त्यत्तिकै निराशाका साथ पार्टी परित्याग गर्ने क्रम पनि बढिरहेको छ । रास्वपा खोटाङका प्रचार-प्रसार विभाग प्रमुख तथा खोटाङ काठमाडौँ सम्पर्क विभागका सदस्य सन्तोषकुमार दाहालले रास्वपाको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट राजिनामा दिएका छन् ।

 

दाहालले राजिनामा पत्रमा भनेका छन्- “राष्ट्रिय स्वतन्त्र पार्टीको जान्नेलाई छान्ने भन्ने नाराबाट प्रभावित भएर यस पार्टीको सदस्यता लिएको थिएँ । पार्टीमा रही काम गर्ने क्रममा जान्नेलाई छान्ने भन्दा पनि व्यवहारमा चाहीँ आफ्ना, भ्रष्ट र ठगहरुलाई छान्ने रहेको स्पष्ट देखियो । त्यसकारण पार्टीका नाममा भ्रष्ट, ठग र कुनियत भएका अवसरवादी व्यक्तिहरुलाई समर्थन गरी काम गर्न नसक्ने भएकाले स्वईच्छाले राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको कुरा सम्पूर्णमा जानकारी गराउँदछु ।”

 

पछिल्लो समय राननीतिका नाममा भ्रष्टाचार, अनियमिता जस्ता कुराहरु मौलाउँदै गएको र अधिकांश नेता तथा कार्यकर्ताहरु देश र जनताको सेवाका लागि भन्दा पनि व्यक्तिगत स्वार्थ लिएर पद र कुर्सी मोहमा दौडिएकाले राजनीतिको गलत परिभाषा सृजना हुँदै गएकोप्रति उनले चिन्ता व्यक्त गरेका छन् ।

 

रास्वपा खोटाङ जिल्लामा पार्टी नेतृत्व तथा संयोजकले एकलौटी रुपमा गलत र अवैधानिक रुपमा गतिविधि गरेकाले त्यसको विरुद्धमा खबरदारी र आलोचना गर्दै उनी लगायतको समूहले प्रदेश तथा केन्द्रीय स्तरमा ध्यानकर्ष तथा विरोध पत्र बुझाएपछि पार्टीले अनुसन्धान गरी कार्वाही गर्ने निश्चित भएपछि जिल्ला संयोगजक रविन्द्र ओझा राजीनामा दिन वाध्य भएका थिए । पार्टीले उनको राजिनामा स्वीकृत गर्दै साधारण सदस्य मात्र रहने गरी थप कोशी प्रदेश सदस्यको जिम्मेवारीबाट समेत बर्खास्त गरेको थियो ।

 

दाहालले कोशी प्रदेशको भेलामा रास्वपा खोटाङलाई जानकारी नगरी कार्वाहीमा परेका पूर्व संयोजकलाई मात्र जानकारी गराइएको रहेछ, त्यसका बारेमा कोशी प्रदेश र केन्द्रमा प्रश्न गर्दा केन्द्रका नेताहरु पन्छिने गरेको साथै हाम्रा र सत्य तथ्य कुराको वेवास्था गरी तीनै कार्वाहीमा परेका व्यक्तिलाई काखी च्यापेर अगाडि बढ्न थालेकाले यो पार्टी सही व्यक्तिहरुबाट देश र जनताका लागि सञ्चालन भएको हैन रहेर भन्ने निष्कर्षका साथ राजिनामा दिएको बताएका छन् ।

 

देशको रक्षा, भ्रष्टाचार, वेथितिलगतयका काम यही पार्टीमा आवद्ध भएका युवाहरुले गर्छन् भन्ने लागेर यतातिर प्रवेश गरेँ, विस्तारै काम गर्दै बुझ्दै जाँदा धेरैजसो पदको लोभमा, कमाउने मनसाय लिएर, व्यक्तिगत स्वार्थ, चरम अवसरवादी, अन्य पार्टीले कार्वाही गरेका, ठग र फटाहाहरुको जमात पो ठुलो रहेछ, यसो भन्दै गर्दा यस पार्टीमा बौद्धिक र क्षमता भएका निस्वार्थ भाव भएका केही युवाहरु पनि छन् तर उनीहरुको कुरा पार्टी र नेताहरुले सुन्दैनन् । त्यस्ता युवालाई जिम्मेवारीबाट बञ्चित गरी आफ्ना, भ्रष्ट र ठगहरुलाई मात्र काखी च्यापेर जिम्मेवारी दिइएको छ । उदाहरणका लागि मुकुल ढकालको कार्वाहीलाई अध्ययन गर्दा स्पष्ट हुन्छ । दाहालको भनाई छ ।

 

निडर र हक्की स्वभाव भएका दाहाल मुनलाईट इन्टरनेशनल मिडिया प्रा.लि.का अध्यक्ष तथा सञ्चालक हुन् । उनी कुशल ग्राफिक डिजाइनरका रुपमा चिनिन्छन् उनले केहि म्यूजिक भिडियहरुमा पनि मोडलका रुपमा अभिनय गरेका छन् । साथै उनी नेपाल सितोरियो करातेका खेलाडि तथा प्रशिक्षक पनि हुन् ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...