Texas College
YouTube Link

सिपाहीले लाठी र बन्दूकमात्र बोक्दैनः प्रहरी महानिरीक्षक कुँवर

Facebook Link

काठमाडौं: प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सिपाहीले लाठी र बन्दूकमात्र नबोकेर बौद्धिक क्षेत्रमा पनि क्रियाशील रहने बताएका छन् । प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानद्वारा लिखित र अक्षरधाम प्रकाशन प्रा.लि.द्वारा प्रकाशित ‘सादृश्य विम्ब’ कथा सङ्ग्रह र ‘लेखान्त’ नाटक लोकार्पण कार्यक्रममा प्रमुख आतिथ्यता ग्रहण गरेका प्रहरी महानिरीक्षक कुँवरले उक्त दुवै पुस्तक लोकार्पण गर्दै सो कुरा बताएका हुन् ।

 

प्रहरी महानिरीक्षक कुँवरले साहित्य लेखन आफैंमा एउटा कठिन परिश्रम भएको एवम् ज्ञान र क्षमताको साथै धैर्यताको पनि निकै आवश्यकता रहेको भन्दै आमजनमानसमा रहेको प्रहरीप्रतिको लाठी र बन्दूकमात्र बोक्ने भन्ने परम्परागत बुझाइलाई चिर्न यस प्रकारका पुस्तकहरुले प्रशंसनीय भूमिका खेल्ने उल्लेख गरे । अहिलेको विद्यमान परिवेशमा प्रहरीको कार्यक्षेत्र शान्ति-सुरक्षा, अमन-चयन कायम गर्ने, अपराध न्यूनीकरण र अनुसन्धान गर्ने तथा विविध प्रहरी कार्यद्वारा सुरक्षाको प्रत्याभूति प्रदान गर्नुका साथै प्रहरीमा बहुआयामिक प्रतिभासमेत हुन्छ भन्ने तथ्यको यी पुस्तकहरुले प्रस्फुटित गरेको चर्चा गरे ।

 

साहित्यकार घनबहादुर थापालाई प्रशंसापत्र प्रदान गर्दै कार्यक्रममा प्रमुख आतिथि प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र पुस्तकका लेखक नवीनकिशोर प्रधान ।

प्रहरी महानिरीक्षक कुँवरले वंश परम्परासम्बन्धी मोह, सामाजिक रूपान्तरण, नयाँ र पुरानो पुस्ताबीचको मानसिक मतभेदजस्ता सामाजिक विषयवस्तु समेटिएको लेखान्त नाटक तथा हालको सामाजिक एवम् राजनीतिक वस्तुस्थितिमा आधारित ‘सादृश्य विम्ब’ले सामाजका विविध पक्षहरूलाई उजागर गर्दै नयाँ दृष्टिकोण प्रदान गर्ने र पाठकहरूको मन-मस्तिष्कमा दीर्घकालीन प्रभाव पार्ने साहित्यिक सिर्जनकारूपमा रहने अपेक्षा लिएको बताए । साथै उनले प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानलाई बधाई दिँदै आगामी दिनमा अझ नवीन र सिर्जनशील रहँदै साहित्यिक क्षेत्रमा थप अग्रसर भई ख्याती प्राप्त गर्न सफल हुन शुभकामनासमेत व्यक्त गरे ।

 

प्रमुख अतिथि प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, विशिष्ट अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङलगायतले संयुक्त रूपमा उक्त कथा सङ्ग्रह र नाटक लोकार्पण गरेका थिए । साथै कार्यक्रमका प्रमुख अतिथि प्रहरी महानिरीक्षक कुँवरले साहित्यकार घनबहादुर थापा र कृति प्रकाशनमा संलग्न अन्य व्यक्तिहरुलाई प्रशंसापत्र-कदरपत्रसमेत प्रदान गरेका थिए ।

 

उक्त अवसरमा प्राज्ञ डा. मधुसूदन गिरीले ‘सादृश्य विम्ब’ कथा सङ्ग्रह र डा. भक्त राईले ‘लेखान्त’ नाटक कृतिको समीक्षा गर्दै कृतिमा समेटिएका विषयवस्तु एवम् लेखकको लेखन कौशलताका बारेमा चर्चा गरेका थिए । डा. छायादत्त न्यौपाने ‘बगर’ ले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा कृतिका सर्जक प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले कृतिसम्बन्धी आफ्नो धारणासहितको मन्तव्य व्यक्त गरेका थिए ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कर्मचारी आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय, आयोग र सचिवालयलाई सरकारको कडा निर्देशन

कर्मचारी आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय, आयोग र सचिवालयलाई सरकारको कडा निर्देशन

वि.सं.२०८३ वैशाख ९ बुधवार १३:२१

काठमाडौं: सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी आचारसंहिताको प्रभावकारी...

एसइई नतिजा वैशाखमै आउने

एसइई नतिजा वैशाखमै आउने

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:४२

काठमाडौं: २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) गत चैत १९...

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १४:१२

बहुप्रकोपको जोखिममा रहेको नेपालमा विपद् उद्धारका लागि दक्ष जनशक्ति उत्पादन...

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४१

काठमाडौं । मंगलबारदेखि वाईफाइ सेवा सहितका रात्रिकालीन बस सेवा सुरु...

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

वि.सं.२०८३ वैशाख २ बुधवार १४:३८

काठमाडौं: सरकारले इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला...

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

वि.सं.२०८३ वैशाख २ बुधवार १४:२९

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कासँग ७...