YouTube Link

१५ करोडको कोकिन सहित ४ जना विदेशी पक्राउ

Facebook Link

 

काठमाडौं: लागु औषध नियन्त्रण ब्यूरोले साढे ४ केजी कोकिनसहित ४ जना विदेशी नागरिकहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तान्जानिया घर भएका ६८ वर्षीय डोनाल्ड ज्याक्सन माबुगा, बोलिभिया घर भएकी ३३ वर्षीया लाउरा क्रुज टिकोना, भेनेजुयलाका ३९ वर्षीय सिमोन एन्टोनियो अल्फोन्जो राडा र भारतिय नागरिक २७ वर्षीया लालरु उत्सङ्गी छन् ।

 

आरोपीहरूको साथबाट ४ किलो ५०४ ग्राम कोकिन बरामद गरिएको लागु औषध नियन्त्रण ब्युरोका एसएसपी दिनेश आचार्यले पत्रकार सम्मेलन गरेर जानकारी दिए । सो कोकिनको बजार मूल्य करिब १५ करोड ७६ लाख हुन्छ । ६८ वर्षका डोनाल्डले इथियोपियाको अदिश अबाबाबाट १८ वटा प्लाष्टिक कोटेड क्याप्सुल निलेर काठमाडौँ आएका हुन् । उनको पेटबाट प्रहरीले १ केजी २०६ ग्राम क्याप्सुल निकालेको छ । डोनाल्डको अहिले प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।

 

बोलिभियन लाउर क्रुजले १२१ वटा कपडाको बटनमा लुकाएर २ किलो १ सय ग्राम कोकिन ल्याएकी हुन् । भेनेजुयलाका ३९ सिमोन पनि क्याप्सुल आकारका कोकिन निलेर ब्राजिलबाट काठमाडौँ आएका थिए । उनको साथबाट १ किलो १९८ ग्राम बरामद गरिएको छ । कोकिन खरिद गर्न आएको अवस्थामा भारतीय युवती पक्राउ परेकी हुन् ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
हेर्नुहोस् आज २०८२ साउन ३ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ साउन ३ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८२ साउन ३ शनिवार ०६:१७

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

२० जना खेलाडीले बैंगलोरमा प्रशिक्षण गर्ने

२० जना खेलाडीले बैंगलोरमा प्रशिक्षण गर्ने

वि.सं.२०८२ साउन २ शुक्रवार १८:३६

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले टी-२० विश्वकप क्वालिफायरका लागि...

हेर्नुहोस् आज २०८२ साउन २ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ साउन २ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८२ साउन २ शुक्रवार ०६:३३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

अपराधविरुद्धको निर्मम ‘एक्सन’ मा इलाका प्रहरी कोहलपुर

अपराधविरुद्धको निर्मम ‘एक्सन’ मा इलाका प्रहरी कोहलपुर

वि.सं.२०८२ असार ३२ बुधवार १४:५१

बाँके (कोहलपुर) : इलाका प्रहरी कार्यालय कोहलपुरको सक्रियताका कारण भारतबाट...

वाणिज्य बैंकहरूले घटाए व्यक्तिगत मुद्दतीतर्फ ब्याजदर

वाणिज्य बैंकहरूले घटाए व्यक्तिगत मुद्दतीतर्फ ब्याजदर

वि.सं.२०८२ असार ३२ बुधवार १३:१७

काठमाडौं: अधिकांश वाणिज्य बैंकहरूले साउन महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ ब्याजदर...

कक्षा ११ र १२ को छात्रवृत्तिका लागि १७ हजार २२९ दिए आवेदन, साउन १ गतेदेखि प्रवेश पत्र डाउनलोड गर्न सकिने

कक्षा ११ र १२ को छात्रवृत्तिका लागि १७ हजार २२९ दिए आवेदन, साउन १ गतेदेखि प्रवेश पत्र डाउनलोड गर्न सकिने

वि.सं.२०८२ असार ३२ बुधवार ११:३६

काठमाडौं: काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११...