YouTube Link

आजदेखि ‘श्रमाधान रोजगार मेला’ सुरु, प्रधानमन्त्रीले उद्घाटन गर्ने

Khanepani Dhal
Facebook Link

 

काठमाडौं: नेपाल सरकारले आजदेखि ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्दैछ । कोशी प्रदेशबाट सुरु हुने मेला सातवटै प्रदेशमा आयोजना गरिनेछ । मेलाको सुरुवात कोशी प्रदेशबाट हुँदैछ ।

 

कोशी प्रदेशको विराटनगरस्थित सिटी प्यालेस होटल एण्ड रिसोर्टमा आज सुरु हुने मेलाको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्ने कार्यक्रम छ । कोशी प्रदेशबाट सुरु हुने मेला जेठ ३० गते बागमती प्रदेशमा पुगेर समापन हुनेछ । हरेक प्रदेशमा दुई/दुई दिन मेला सञ्चालन हुनेछ ।

 

कोशी प्रदेशको विराटनगरमा जेठ १७ र १८ गते, मधेश प्रदेशको जनकपुरमा जेठ १९ र २० गते, गण्डकी प्रदेशको पोखरामा २१ र २२ गते, लुम्बिनी प्रदेशको बुटवलमा २३ र २४ गते, कर्णाली प्रदेशको सुर्खेतमा २५ र २६ गते, सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ र २८ गते तथा बाग्मती प्रदेशको ललितपुरमा २९ र ३० गते मेला आयोजना हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

 

आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्ने तथा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले आयोजित मेलामा रोजगारदाता कम्पनीहरू र रोजगारीको खोजीमा रहेका नेपाली जोडिन सक्ने मन्त्रालयले जनाएको छ । मेलाबारे श्रमाधान कल सेन्टरको ११४१ नम्बरमा फोन गरेर जानकारी लिन सकिने मन्त्रालयले जनाएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ र होटल संघ नेपाल मेलाको सहआयोजकका रूपमा रहेका छन् ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
शीर्ष स्थानको लिभरपुल एभर्टनसँग बराबरीमा रोकियो

शीर्ष स्थानको लिभरपुल एभर्टनसँग बराबरीमा रोकियो

वि.सं.२०८१ फागुन १ बिहीवार ०८:३२

एजेन्सी: इङ्ग्लिस प्रिमियर लिगको शीर्ष स्थानको लिभरपुल बराबरीमा राकिएको छ...

च्याम्पियन्सिप लिगको प्ले अफको पहिलो लेगमा बायर्नको जित

च्याम्पियन्सिप लिगको प्ले अफको पहिलो लेगमा बायर्नको जित

वि.सं.२०८१ फागुन १ बिहीवार ०८:१५

एजेन्सी: बायर्न म्युनिखले च्याम्पियन्सिप लिगको प्ले अफको पहिलो लेगमा जित...

हेर्नुहोस् आज २०८१ फागुन १ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ फागुन १ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ फागुन १ बिहीवार ०७:०६

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

महिला राष्ट्रिय टोलीकी कप्तान अञ्जिला स्वदेश फर्किइन्

महिला राष्ट्रिय टोलीकी कप्तान अञ्जिला स्वदेश फर्किइन्

वि.सं.२०८१ माघ ३० बुधवार १५:१८

काठमाडौं: नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बापो...

जापानले अवैधरुपमा बसेका आप्रवासीहरूमाथि कडाइ गर्दै

जापानले अवैधरुपमा बसेका आप्रवासीहरूमाथि कडाइ गर्दै

वि.सं.२०८१ माघ ३० बुधवार १५:०४

काठमाडौं: जापानले अवैधरुपमा बसेका आप्रवासीहरूमाथि कडाइ गर्न थालेको छ ।...

निजामती सेवा विधेयकको दफा ५ पास

निजामती सेवा विधेयकको दफा ५ पास

वि.सं.२०८१ माघ ३० बुधवार १४:५४

काठमाडौं: निजामती सेवामा ११ वटा सेवा समूह रहने भएको छ...