YouTube Link

आज फेब्रुअरी २१ अर्थात् अन्तर्राष्ट्रिय मातृभाषा दिवस, नेपालमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

Facebook Link

 

काठमाडौं: आज फेब्रुअरी २१ अर्थात अन्तर्राष्ट्रिय मातृभाषा दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । दिवसको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान, भाषा आयोग, नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान र मातृभाषी साहित्यकर्मीले कार्यक्रम गरी मनाउँदैछन् । नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा आज सुनसरीको धरानमा राष्ट्रिय मातृभाषा कविता महोत्सव हुँदैछ । प्रतिष्ठानले विगतमा काठमाडौंमा गर्दै आएको महोत्सव यो पटक देशैभरका कविको उपस्थितिमा धरानमा गर्न लागेको हो ।

 

महोत्सवमा ४४ जना कविले विभिन्न भाषाका कविता सुनाउने प्रतिष्ठानका परिषद सदस्य तथा आख्यानकार राजन मुकारुङले जानकारी दिए । उनका अनुसार प्रतिष्ठानले बर्सेनी दिँदै आएको आएको प्रज्ञा मातृभाषा साहित्य पुरस्कार यो वर्ष नेपाल भाषाका साहित्यकार डा. योगेन्द्रमान प्रधानाङ्ग र उराँव भाषाका साहित्यकार बेचन उराँवलाई प्रदान गरिनेछ । पुरस्कारको राशि १ लाख रुपैयाँ छ ।

 

यस्तै प्रज्ञा प्रतिष्ठानकै र भाषा आयोगको संयुक्त आयोजनामा प्रतिष्ठान कमलादी हलमा अन्तरक्रियात्मक सङ्गोष्ठी हुने आयोगका कामु सचिव डा. लोकबहादुर लोप्चनले जानकारी दिए । दिवसकै अवसरमा नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले मातृभाषा राष्ट्रिय सेवा पुरस्कार २०८० बाट जनकवि तथा गीतकार दुर्गालाल श्रेष्ठलाई प्रदान गर्ने कार्यक्रम छ ।

 

मातृभाषा संरक्षणका लागि सचेतना जगाउने उदेश्यले साँस्कृतिक पहिरनहरु सहित र्याली तथा झाँकीहरु प्रदर्शन गरिंदैछ । त्यसैगरी मातृभाषामा विभिन्न साहित्यिक गतिविधी र साँस्कृतिक कार्यक्रमहरु पनि आयोजना गरिदैछ । नेपालमा ६० को दशकयता भाषिक जागरणले गति लिएको छ । नेपालमा विभिन्न जाति तथा समुदायहरु आफ्नो भाषा तथा भेषभूषाको संरक्षण र सम्वर्द्धनका लागि जुट्न थालेका छन् । भाषाहरुको संरक्षणका लागि भाषिक सम्मेलनहरु पनि आयोजना हुन थालेका छन् । नेपालका लोपोन्मुख भाषाहरुको संरक्षण तथा सम्वर्द्धनको मुख्य उदेश्य लिएर यस्ता कार्यक्रमहरु आयोजना गरिदै आएको छ ।

 

तत्कालिन पुर्वी पाकिस्तान (हालको बंगलादेश) मा बंगाली भाषा (मातृभाषा) बोल्न पाउनुपर्छ भनेर माग गर्दा सन् १९५२ मा त्यहाँका विद्यार्थीहरु मारिएको दिनको संस्मरणमा यो दिवस मनाउन थालिएको हो । सन् १९९९ नोभेम्बर १७ मा यूनेस्कोले पनि यस दिनलाई विशेष दिनका रुपमा स्विकार गरेको थियो । पछि सन् २००० मा संयुक्त राष्ट्रसंघले समेत यस दिनलाई मातृभाषा दिवसका रुपमा आह्वान गरेपछि विश्वभर यो दिवस मनाउन थालिएको हो । बंगलादेशमा भने अहिले पनि आजको दिन राष्ट्रिय विदा दिने गरिन्छ ।

 

नेपालमा ११ दशमलव ७ प्रतिशतले मैथिली बोल्दछन् भने ६ प्रतिशतले भोजपुरी, ५ दशमलव ८ प्रतिशतले थारू, ५ दशमलव १ ले तामाङ भाषा र ३ दशमलव २ ले नेवारी भाषा बोल्ने तथ्यांकले देखाएको छ । यस तथ्यांक अनुसार नेपाली भाषापछि नेपालमा सवैभन्दा बढि बोलिने भाषा मैथिली हो भने सबैभन्दा कम बोलिने भाषा संस्कृत हो ।

 

संस्कृत भाषा बोल्ने जनसंख्या एक हजार ६६९ रहेको छ । नेपालको संविधान २०७२ को प्रस्तावनामै नेपाललाई बहुभाषिक भनिएको छ । धारा ६ मा सबै मातृभाषाहरु राष्ट्रभाषा हुन् भनिएको छ । यसबाट सबै (१२३ वटै) भाषाहरुलाई समान रुपमा संवैधानिक स्तर प्राप्त भएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...