YouTube Link

बल्खुमा महिलाको हत्या प्रकरणः ६ वर्षपछि दुई जना पक्राउ

Facebook Link

 

काठमाडौं: काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित बोक्सिदह डाँडाँमा एक महिलाको हत्या गरी फरार रहेका दुईजना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अर्घाखाँची सितगंगा नगरपालिका-१४ का ३७ वर्षीय जगत विश्वकर्मा र धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-३ तल्लोपोखराका ४६ वर्षीया शिवराम अधिकारीलाई नियन्त्रणमा लिएको हो ।

 

अधिकारी २०७९ कात्तिक २९ गते चोरी मुद्दामा ३ वर्ष कैद सजाय पाई हाल कारागारमै रहेको प्रहरीले जनाएको छ । उनले नाम परिवर्तन गरी अर्जुन अधिकारीको नाममा केन्द्रीय कारागारमा रहेको खुल्न आएको प्रहरीको भनाइ छ । विक भने विदेशबाट फर्किँदा विमानस्थलबाटै पक्राउ परेका हुन् । २०७४ पुस ३० गते काठमाडौं महानगरपालिका- १४ बल्खुस्थित भुमेश्वरी मन्दिर पछाडि अन्दाजी ५० वर्षकी महिलाको टाउको र मुखमा गहिरो चोट लागेको अवस्थामा मृत भेटिएको र अनुसन्धानको क्रममा उनी नारायणी तिमल्सिना (अप्सरा) रहेको पत्ता लागेको थियो ।

 

अनुसन्धान अधिकृत सुरक्षा केसीका अनुसार मृतक अप्सरासँग जगत विकको चिनजान घटनाकै दिनमात्र भएको थियो । प्रहरीका अनुसार शिवराम अधिकारीले नारायणी तिमल्सिनालाई भूपू आर्मीसँग विवाह गराइदिन्छु भन्दै १५/२० हजार रूपैयाँ पैसा र गरगहना लगाई राम्रो भएर आउनू भनी फोन गरी बोलाएका थिए । राति शिवराम र जगत विकले ढुंगा प्रहार गरी हत्या गरेर मृतकले लगाएका सुनका मुन्द्री र खल्तीमा भएको नगद निकालेर गोंगबु बसपार्कको कोपिला गेष्ट हाउसमा बसेको साथै भोलिपल्ट बिहानै गाडीमा पूर्वतिर फरार भएको प्रहरीको भनाइ छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...