YouTube Link

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज शपथ लिने

Facebook Link

 

काठमाडौं: कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । प्रदेश प्रमुखको कार्यालयले आज मुख्यमन्त्रीको शपथको कार्यक्रम राखिएको जनाएको छ ।

 

कार्कीले नेकपा एमालेका ३९ र नेपाली कांग्रेस शेखर कोइराला समूहका ८ जना गरी ४७ जना सांसदको समर्थनमा प्रदेश प्रमुख बनेका हुन् । उनलाई शनिबार प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । ९३ सदस्यीय प्रदेशसभामा ४७ जनाको समर्थन आवश्यक पर्दछ ।

 

मुख्यमन्त्री कार्कीले आज शपथ लिएलगत्तै सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेका छन् । कार्कीले कस्तो किसिमको मन्त्रिमण्डल बनाउँछन् भन्ने सबैमा चासो रहेको छ । उनी एमालेको समर्थनमा मुख्यमन्त्री बनेकाले एमालेलाई साथ लिनुपर्ने नैतिक दबाब छ ।

 

यता, मुख्यमन्त्री कार्कीले कांग्रेस संस्थापन पक्ष र माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउँछन् वा गराउँदैनन् भन्ने पनि चासोको विषय रहेको छ । हिजो प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच भएको छलफलमा सत्ता गठबन्धन प्रति दृढ र स्पष्ट रहने सहमति भएको थियो । एमाले प्रदेश सरकारमा सहभागी हुँदा यसको राजनीतिक असर कस्तो देखिन्छ भन्ने सबैको चासोको विषय बनेको छ ।

 

यसैबीच, नवनियुक्त मुख्यमन्त्री कार्कीले आगामी बिहीबारसम्ममा विश्वासको मत समेत लिने तयारी गरेका छन् । मुख्यमन्त्री बन्न एमालेको साथ पाएका कार्कीलाई सत्ता गठबन्धनले पनि  विश्वासको मत दिने प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डले बताइसकेका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...