नेपाली कांग्रेस बिनाको सरकारको कल्पना गर्न: माधव नेपाल
वि.सं.२०८० असोज १७ बुधवार १६:५७
2.7K
shares
काठमाडौं: नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले वर्तमान गठबन्धनले कांग्रेस बिना कुनै पनि काम गर्न नसक्ने बताएका छन् ।
मेची महाकाली समाजवादी जागरण अभियानको क्रममा धनुषाको जनकपुरधाम पुगेका अध्यक्ष नेपालले समाजवादी प्रेस संगठन मधेश प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस बिनाको सरकारको कल्पना समेत अहिले गर्न नसक्ने बताएका हुन् ।
उनले प्रचण्ड नेतृत्वको सरकारमा केहि कमी कमजोरी भएपनि सुधार गर्न आफूहरू अभिप्रेरित गर्दै सरकारलाई बचाइ राख्ने जिकिर गरे । देशमा एक परिवारको शासन र बर्चश्वका लागि धार्मिक अतिवादका क्रियाकलाप सुरू भएको भन्दै उनले आफूहरु देशमा भएको परिवर्तनको रक्षाका लागि सधै तत्पर रहने धारणा राखे ।
उनले संविधानमा उल्लेखित समाजवादका मुख्य आधार शिक्षा, स्वास्थ्य, रोजगारका लागि आफूहरू केन्द्रित रहेको र समृद्वि र सुशासनका लागि यो अभियान चलाइरहेको जानकारी दिए ।
वि.सं.२०८० असोज १७ बुधवार १६:५७




















