एसिया कप क्रिकेट खेल्नेका लागि नेपाली टोलीको घोषणा
वि.सं.२०८० साउन २९ सोमवार १७:०६
2.4K
shares
काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार पाकिस्तान र श्रीलंकामा हुने एसीसी एकदिवसीय एसिया कप खेल्नका लागि १७ सदस्यीय टोलीको घोषणा गरेको छ ।
एसिया कप भदौ १३ गतेदेखि ३१ गतेसम्म पाकिस्तान र श्रीलंकामा हुनेछ । समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् । समुह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् ।
नेपालले पहिलो खेल भदौ १३ गते पाकिस्तानसँग मुल्तानमा खेल्नेछ । दोस्रो खेल १८ गते श्रीलंकाको कान्डीमा भारतसँग खेल्नेछ । नेपालले शीर्ष २ मा स्थान बनाए सुपर फोर मा पुग्नेछ । एसिया कपका लागि नेपालले पाकिस्तानमा केही साता अभ्यास गर्नेछ ।
नेपाली टोली :
रोहित पौडेल, आशिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ललित राजवंशी, भिम सार्की, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरि, सन्दीप लामिछाने, करण केसी, गुलसन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दिप जोरा, अर्जुन साउद, श्याम ढकाल ।
वि.सं.२०८० साउन २९ सोमवार १७:०६




















