YouTube Link

मन्त्रालय बाँडफाँड टुंग्याएसँगै आज मन्त्रिपरिषद् विस्तार हुँदै

Facebook Link

 

काठमाडौं: प्रधानमन्त्री निवास बालुवाटारमा राति अबेरसम्म चलेको बैठकले मन्त्रालय बाँडफाँड टुंग्याएपछि सरकारले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएको छ ।

 

मंगलबार दिउँसो १ बजे नयाँ मन्त्रीको शपथ गराउने सत्तासाझेदार दलहरूको तयारी छ । १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले ११ पुसमा पहिलो पटक आठ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

 

‘कुन-कुन पार्टीले कुन-कुन मन्त्रालयको जिम्मेवारी लिने भन्ने कुरा सहमति भइसकेको छ’, गृहमन्त्री रवि लामिछानेले भने ‘को–को मन्त्री बने भनेर मंगलबार नै नाम बाहिर आउनेछ ।’ यसअघि प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष ओलीबीच भएको भेटवार्तामा मन्त्रालयको भागवण्डा टुंगिसकेको छ ।

 

सोमबार पाँच घण्टाभन्दा बढी चलेको सत्ता गठबन्धनको बैठकमा नेकपा माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपाका अध्यक्ष लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र जसपाका अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी थिए ।

 

उच्चस्तरीय राजनीतिक संयन्त्रमा भएको समझदारी अनुसार मन्त्रिपरिषद् विस्तार लगत्तै अपराह्न ४ बजे प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस, एकीकृत समाजवादीसहित सरकारलाई विश्वासको मत दिने दलहरूको सर्वदलीय बैठक बोलाएका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...