Rajshow Bivag

को-को बन्दै छन् मन्त्री ? जसपा सरकारमा नजाने

Departmant of helth services

 

काठमाडौं: सत्ता गठबन्धन दलभित्र कसले कुन मन्त्रालय चलाउने भन्नेबारे सहमति जुटेको उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने बताएका छन् ।

 

नेकपा एमालेले आठ वटा मन्त्रालय पाउने सहमति भएको छ । एमालेबाट विष्णु पौडलले उपप्रधानमन्त्री एवं अर्थ मन्त्रलायको जिम्मेवारी पाइसकेका छन् । बाँकी तीन मन्त्रीले मन्त्रालयको जिम्मेवारी पाएका छैनन् । सहमति अनुसार एमालेले थप चार मन्त्री पाउनेछ । यस पार्टीले अर्थ, स्वास्थ्य, रक्षा, परराष्ट्र, भूमि सुधार, उद्योगलगायतका महत्वपूर्ण मन्त्रालय पाउने बताइएको छ ।

 

माओवादीले प्रधानमन्त्रीसहित पाँच मन्त्रालय पाउने भएको छ । यसअघि नै माओवादीबाट नारायणकाजी श्रेष्ठ उप्रपधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनिसकेका छन् ।

 

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेले उपप्रधानमन्त्री एवं गृह मन्त्रालयको जिम्मेवारी पाइसकेका छन् । यस पार्टीले आफ्नो दाबी अनुसार नै शिक्षा र श्रम मन्त्रालय पाउने भएको छ ।

 

को-को बन्दै छन् मन्त्री ?

एमालेले प्रत्यक्षमा दुईपटक चुनाव जितेकालाई एमालेले मन्त्री बनाउने भएको छ । एमालेबाट पर्वतका पदम गिरी, सुनसरीकी भगवती चौधरी, झापाका एलपी साँवा, सर्लाहीका हरि उप्रेती र कपिलवस्तुका बलराम अधिकारी मध्येबाट मन्त्री बनाउने तयारी छ ।

 

त्यस्तै, दुई राज्यमन्त्रीमा रौतहटका किरण साह र पर्साका राजकुमार गुप्तामध्ये एकजना पठाइने छ । एमालेबाट विष्णु पौडेल उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बनिसकेका छन् । त्यस्तै, दामोदर भण्डारी, राजेन्द्र राई र ज्वालाकुमारी साह मन्त्री बनिसकेका छन् । उनीहरूको विभाग तोक्न बाँकी छ ।

 

माओवादीमा  सुदन किराँती, रेखा शर्मा, अमनलाल मोदीलगायत चर्चामा छन् । माओवादीबाट उपप्रधानमन्त्रीसहित नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हालिसकेका छन् ।

 

राष्ट्रिय स्वतन्त्र पार्टीबाट  शिशिर खनाललाई शिक्षा र डिपी अर्याललाई श्रममन्त्री बनाउने तयारी छ । तर, श्रममा विराजभक्त श्रेष्ठले पनि दाबी गर्दै आएका छन् । एक राज्यमन्त्रीमा भने डाक्टर तोसिमा कार्की या सोविता गौतममध्येबाट बनाउने सोचमा अध्यक्ष लामिछाने छन् ।

 

राप्रपाबाट  उपप्रधानमन्त्री सहित ऊर्जा, सहरी विकास र खेलकुद मन्त्रालय पाएको छ । स्रोतका अनुसार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उपप्रधानमन्त्रीसहित नेतृत्व गर्नेछन् । प्रत्यक्ष निर्वाचितहरूलाई प्राथमिकता दिने तयारी छ । सहरी विकास मन्त्रीमा ध्रुवबहादुर प्रधान र राज्यमन्त्रीमा दीपकबहादुर सिंह पठाउने तयारी छ । खेलकुद मन्त्रालयमा धवलशमशेर राणा, दीपक बोहरा र विक्रम पाण्डेमध्येबाट बनाउने जनाइएको छ ।  यस अघि नै जनमत पार्टीबाट अब्दुल खान मन्त्री बनिसकेका छन् ।

 

जसपा सरकारमा नजाने

मन्त्रालय बाँडफाँटमा असहमति जनाउँदै जनता समाजवादी पार्टी जसपा सरकारमा सामेल नहुने भएको छ । सोमबार बालुवाटारमा सम्पन्न उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा बाँडफाँट सम्मानजनक नभएको भन्दै अध्यक्ष उपेन्द्र यादव बैठक नसकिँदै बीचबाटै उठेर हिँडेका थिए ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०७:२०

  काठमाडौं: मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस...

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:५६

  काठमाडौं: नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेल आज...

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२६

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

गुल्मी रेसुङ्गाको पर्यटन प्रर्वद्धनको लागि विशेष अभियान शुरु हुँदै

गुल्मी रेसुङ्गाको पर्यटन प्रर्वद्धनको लागि विशेष अभियान शुरु हुँदै

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:२६

  काठमाडौं: गुल्मीको रेसुङ्गा नगरपालिकाले रेसुङ्गाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं...

परमेश्वर मण्डली विश्व सुसमाचार समाज गोकर्णको आयोजनामा १३६५औं विश्वव्यापी रक्तदान अभियान कार्यक्रम सम्पन्न

परमेश्वर मण्डली विश्व सुसमाचार समाज गोकर्णको आयोजनामा १३६५औं विश्वव्यापी रक्तदान अभियान कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १८ मंगलवार १४:१६

  काठमाडौं: परमेश्वर मण्डली विश्व सुसमाचार समाजद्वारा आयोजित ´निस्तार चाडको...

बाक्लो तुवालोका कारण पोखरा आसपासका डाँडा अस्तव्यस्त

बाक्लो तुवालोका कारण पोखरा आसपासका डाँडा अस्तव्यस्त

वि.सं.२०८१ वैशाख १८ मंगलवार १३:१६

  पोखरामा वायु प्रदूषण ह्वात्तै बढेको छ । वायु प्रदूषण...