YouTube Link

कांग्रेसका तीन नेताले गरे देउवा हठको आलोचना

Nepali Sena Suvakamana Dashain
Facebook Link

 

काठमाडौं: नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संसद्को तेस्रो शक्ति भए पनि माओवादीले सरकारको नेतृत्व गर्ने अवस्था आउनुलाई अराजनीतिकको संज्ञा दिएका छन् ।

 

सोमबार विज्ञप्ति जारी गर्दै आफूहरूले चुनावअघि गठबन्धन नगरौँ भन्दा त्यसलाई महत्वहीन ठानिएको बताएका हुन् । संविधानको रक्षा र समृद्धिको यात्रा गर्ने भनेर पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको निरन्तरता किन र कसरी असम्भव भयो भनेर गम्भीर प्रश्न उठेको उनको भनाइ छ । ‘हामीले यसको चित्तबुझ्दो जवाफ कांग्रेस कार्यकर्ता, समर्थक, शुभेच्छुकलगायत सबै आम नेपालीमाझ दिनुपर्छ भन्ने मान्यता म राख्छु,’ उनले भनेका छन् ।

 

 

कोइरालाले पछिल्लो घटनाक्रमले पार्टीका नेता तथा कार्यकर्ता निराश हुनुपर्ने कुनै कारण नरहेको प्रस्ट पारेका छन् । सत्ता गुम्दैमा कांग्रेसको शक्ति नगुमेको उनको भनाइ छ । ‘साथीहरूमा तत्कालका लागि नयाँ र अप्ठ्यारो परिस्थितिमा पार्टी पुग्यो भन्ने निराशा आउनु अस्वाभाविक होइन । साथीहरू निराश हुनुपर्ने कुनै कारण छैन,’ कोइरालाले भनेका छन्, ‘हामी निरन्तर संवाद र सम्पर्कमा रहँदै तपाईंहरूका घरआँगनमा आउनेछौँ ।’ उनले किन गठबन्धनलाई निरन्तरता दिन सकिएन भनेर नेतृत्वसँग समीक्षा गर्ने पनि उल्लेख गरेका छन् । ‘किन यस्तो परिस्थिति निर्माण भयो भनेर हामी नेतृत्वसमक्ष र कार्यसमितिमा निर्मम समीक्षा गर्नेछौँ,’ कोइरालाले भने, ‘सत्ता गुम्दैमा कांग्रेसको शक्ति गुमेको छैन । हामी थप सशक्त भएर कांग्रेस सशक्तीकरणको अभियानमा जुट्न दृढ संकल्प गर्छौँ ।’

 

कांग्रेस पार्टीलाई सुदृढ कसरी बनाउने भन्नेबारे सोचिरहेका छौँ

कांग्रेस महामन्त्री गगन थापाले पार्टीलाई पुनः उठाउने बताएका छन् । हातमा आएको सत्ता र अवसर पार्टी नेतृत्वकै कमजोरीका कारण गुमेपछि पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलको अन्तिम दिन सोमबार उनले कांग्रेसलाई पुनः जरैबाट उठाउने बताएका हुन् ।

 

 

सभापति शेरबहादुर देउवाले पार्टीमा छलफल गरेर मात्र गठबन्धनबारे निर्णय गर्छु भन्नुभए पनि आफूहरूसँग कुनै कुराकानी नगरेको उनको भनाइ थियो । गठबन्धनको निर्णय गर्दा सभापतिले बोलाउनेमा आफू पनि पर्नेमा विश्वस्त भए पनि नबोलाएपछि अपमानित भएर पोखरा आएको उनले बताए ।

 

हारजितको प्रकरण सकिएकाले अब पुनः कांग्रेसलाई उठाइने उनले बताए । ‘हारजितको कुरा एकछिन आयो, गयो । कांग्रेसमा जोडिँदा एउटा प्रतिष्ठा हुन्थ्यो । त्यो कुरा फेरि बनाइन्छ । हामी कांग्रेस पार्टीलाई सुदृढ कसरी बनाउने भन्नेबारे सोचिरहेका छौँ,’ उनले भने ।

 

धेरै गोल हामीले गर्‍यौँ, तर पनि कप अर्कोले जित्यो

कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले यसपटक समूह चरणमा जितेर हारेको कांग्रेस आगामी पाँच वर्षपछि डिफेन्डिङ च्याम्पियन बन्ने बताएका छन् । यसपटक आफूहरू जितेर पनि हारेर आएको उनको भनाइ थियो ।

 

 

‘अस्ति वर्ल्डकपमा सबैभन्दा धेरै गोल एम्बाप्पेले गरे, तर कप भने अर्केले जित्यो । यसपटकको निर्वाचनमा सबैभन्दा धेरै गोल हामीले गर्‍यौँ, तर पनि कप अर्कोले जित्यो । अबको पाँच वर्षपछि हामी डिफेन्डिङ च्याम्पियनलाई हराउँछौँ र च्याम्पियन बन्छौँ,’ शर्माले भने ।

 

हाल सिर्जना भएको राजनीतिक घटनाक्रमलाई कांग्रेसले गहिरो विश्लेषण गरी आउँदा दिनका लागि थप यात्रा तय गर्ने उनले बताए । शर्माले आइतबारको घटना कांग्रेसका लागि एउटा टर्निङ प्वाइन्ट रहेको बताए ।

 

निर्वाचनमा पहिलो पार्टी बनेर पनि सरकारको नेतृत्व गर्न नपाइने नियतिले नेपालको निर्वाचन प्रणाली र संविधानमै पुनः सुधार गर्नुपर्ने उनले टिप्पणी गरे । समूह चरणमा कांग्रेसले जुन अंक पाएको छ, त्यो सुरक्षित नै रहेको शर्माले बताए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...