YouTube Link

क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा न्यायाधीश बेल्बासेको इजलासमा, तीनवटा पाइयो किशोरीको जन्ममिति

Nepali Sena Suvakamana Dashain
Facebook Link

 

काठमाडौं: क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दा न्यायाधीश हिमलाल बेल्बासेको इजलासमा परेको छ ।

 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासमा मुद्दाको सुनुवाइ हुन लागेको हो । एक किशोरीले दिएको जाहेरीका आधारमा प्रहरी प्रतिवेदनबाट सरकारले गत कात्तिक १४ गते सन्दीपविरुद्ध काठमाडौं जिल्ला अदालतमा जबरजस्ती करणीको मुद्दा दायर गरेको थियो ।

 

अदालतको आदेशबाट पुर्पक्षका लागि थुनामा पठाइएका लामिछानेको मुद्दा मंगलबार पेसीमा चढेको थियो । लामिछानेले गत भदौ ५ गते राती र भदौ ६ गते बिहान सिनामंगलको एक होटलमा पुराएर आफूमाथि जबरजस्ती करणी गरेको भन्दै एक किशोरीले प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।

 

किशोरीको जाहेरीपछि प्रहरीले सन्दीपमाथि अनुसन्धान गर्दै काठमाडौं जिल्ला अदालतमा जबरजस्ती करणीको मुद्दा दर्ता गराएको थियो । जबरजस्ती करणी भएको भनिएकी जाहेरवाली किशोरीको उमेर १८ वर्षभन्दा कम भएको भन्दै लामिछानेलाई १० देखि १२ वर्षसम्मको कैद सजायको मागदावी गरिएको छ ।

 

तीनवटा पाइयो किशोरीको जन्ममिति

किशोरीको उमेरका सम्बन्धमा सरकार वादी भएर दायर भएको मुद्दामा वादी पक्षले किशोरीको जन्म मिति २०६२ जेठ १८ गते रहेको कागजात पेश गरेका छन् । किशोरीको जन्म मिति खुल्ने कागजातमा उनको नागरिकताको फोटोकपी र शैक्षिक प्रमाणपत्रको फोटोकपी पेस गरिएको छ ।

 

यो मितिले गणना गर्दा वारदात भएको भनिएको समय २०७९ भदौ ६ गते उनको उमेर १७ वर्ष ३ महिना मात्रै पुगेको हुन्छ । यस्तो अवस्थामा आपसी सहमतिमै करणी लेनदेन भएपनि त्यसलाई अपराध र बलात्कार मानिने कानुनी व्यवस्था छ ।

 

तर किशोरीले आफू पढेको कास्कीस्थित विद्यालयमा पेस गरेको कागजात र विद्यालयको दर्ता किताबमा किशोरीको जन्म मिति २०६१ जेठ १८ गते उल्लेख छ । किशोरी आफैले भरेको फारममा उनले आफ्नो जन्म मिति २०६१ जेठ १८ गते उल्लेख गरेकी छन् ।

 

यसलाई जन्म मितिका रुपमा मान्ने हो भने वारदात भएको भनिएको समयमा किशोरीको उमेर १८ वर्ष ३ महिना पूरा भएको हुन्छ र यसलाई सहमतिको यौनसम्बन्धका लागि पुगेको उमेर मानिन्छ ।

 

तर सबैभन्दा महत्वपूर्ण र प्रमाणका रुपमा लिन मिल्ने स्थानीय तहमा रहेको जन्मदर्तामा किशोरीको जन्ममिति २०६१ असार १८ गते रहेको पाइएको छ । नुवाकोटको एक स्थानीय तहले काठमाडौ जिल्ला अदालतमा पठाएको उमेर खुल्ने कागजात र त्यससँग सम्बन्धित प्रमाणमा किशोरीको जन्म मिति २०६१ असार १८ गते रहेको उल्लेख छ ।

 

काठमाडौं जिल्ला अदालतले कागजात माग गरेपछि उनको स्थायी ठेगाना रहेको नुवाकोटको एक स्थानीय तहले करिब १५ दिन पहिले नै जन्मदर्ता खुल्ने दर्ता किताब (ढड्डा) सहितको कागजात काठमाडौं जिल्ला अदालतलाई पठाएको थियो । उक्त दर्ता किताबमा उनको जन्म मिति २०६१ असार १८ गते रहेको उल्लेख छ ।

 

किशोरीको परिवार अन्यत्र स्थानबाट नुवाकोटमा बसाईसराई गरी लिएको कागजात र प्रमाणपत्रमा किशोरीको जन्म मिति २०६१ असार १८ नै उल्लेख छ । स्मरणीय के छ भने सरकारी तथ्यांकमा दर्ता भएको किशोरीको उमेर खुल्ने पहिलो दर्ता २०७३ साल असोज ११ गते भएको थियो । सरकारको आधिकारिक निकायमा भएको पहिलो दर्तामा उनको जन्म मिति २०६१ असार १८ गते उल्लेख छ ।

 

बसाईसराईको फारम भर्दा र अन्यत्रबाट बसाईसराई गरी उक्त स्थानमा जाँदा भरेको अनुसूची फारम र उमेर खुल्ने कागजातमा किशोरीको जन्म मिति २०६१ असार १८ गते रहेको देखिन्छ ।

 

तर सोही स्थानीय तहबाट किशोरीले लिएको जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपिमा भने उनको जन्म मिति २०६२ जेठ १८ गते राखिएको छ । २०७५ साल वैशाख १८ गते लिइएको जन्मदर्ताको प्रतिलिपिमा उनको जन्म मिति २०६२ जेठ १८ गते उल्लेख छ । सोही स्थानीय तहले आफ्नो तथ्यांक नहेरी जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि दिएको पाइएको छ ।

 

किशोरीको उमेरमा विवाद देखिएपछि काठमाडौं जिल्ला अदालतले किशोरीको स्थायी ठेगाना रहेको नुवाकोटको स्थानीय तहका नाममा आदेश गर्दै जन्म मिति खुल्ने कागजातको सक्कल प्रति नै माग गरेको थियो । उक्त कागजातमा किशोरीको जन्म मिति २०६१ असार १८ गते रहेको भन्दै पत्र पठाइएको छ भने जन्म मिति खुल्ने अन्य सक्कल कागजात समेत अदालतमा पठाइएको छ ।

 

सन्दीपविरुद्ध बलात्कारको जाहेरी दिने किशोरीको उमेर १८ वर्ष पुगिसकेको प्रमाणित भएमा उक्त मुद्दामा परिवर्तन हुन सक्नेछ । किशोरी होटलको कोठामा जाँदा हाँसीखुसी गएको र रिसेप्सनबाट आफैले साँचो लिएर गएको सीसीटीभी फुटेजमा देख्न सकिन्छ । भोलिपल्ट होटलबाट बाहिर निस्कँदा पनि किशोरी सन्दीपको हात समात्दै निस्किएको देखिएको छ ।

 

यदि किशोरीको उमेर १८ वर्ष पुगेको प्रमाणित भएमा र त्यहाँ जबरजस्ती भएको कुनै चिन्ह वा प्रमाण नदेखिएको अवस्थामा न्यायालयले यसलाई ‘सहमति’ समेत मान्न सक्ने हुन्छ । यदि किशोरीको उमेर १८ वर्ष पुगेको प्रमाणित भएको अवस्थामा भने सन्दीपले सफाइ पाउने सम्भावना समेत बलियो बन्नेछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...