आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरि मनाईदै

 

काठमाडौं: सनातन धर्मावलम्बीले आज हरिबोधिनी एकादशी मनाउँदै छन् । भगवान् विष्णुको विशेष आराधना गर्ने र तुलसीको विवाह गर्ने दिनको रूपमा यसको महत्त्व छ ।

 

सनातन समाजमा आषाढ शुक्ल एकादशीमा आँगनमा तुलसी रोप्ने र चार महिनासम्म पूजा गर्ने परम्परा छ । यो अवधिलाई चतुर्मास भनिन्छ । चतुर्मासभर ‘विष्णुप्रिया’को रूपमा पूजा गरेर तुलसीलाई हरिबोधिनी एकादशीमा भगवान् विष्णुसँगै विवाह गरिदिने चलन छ ।

 

एकादशीका दिन उपवास बसी नारायणको आराधना गर्ने  र भोलिपल्ट द्वादशीमा हवन गरी विसर्जन गरिन्छ । यसै दिन नवान्न (नयाँ अन्न) को हवन गर्ने नेपाली परम्परा छ ।

 

आषाढ शुक्ल एकादशीको दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु यो दिन उठ्ने पौराणिक मान्यता छ । त्यसैले यो दिनलाई हरिबोधिनी एकादशी भनिएको पुराणमा उल्लेख छ । विष्णुको अर्को नाम हरि हो । शयन अर्थात् सुत्ने कार्य । बोधको अर्थ हुन्छ उठ्ने । यसैले यी दुई एकादशीको महत्त्व विशेष छ । यी दुई एकादशीलाई ‘ठूली एकादशी’ पनि भनिन्छ ।

 

अन्य एकादशीमा भन्दा यो दिन गरिने भगवान् विष्णुको उपासना बढी फलदायी हुने भविष्योत्तर पुराणमा उल्लेख छ । भगवान् कृष्णले युधिष्ठिरलाई यो दिन गरिने स्नान, दान, तप आदि सबै कार्य अक्षय फलदायी हुने बताएका छन् ।

 

Nishana Seving AD

NADA AUTO SHOW 2023
Alice Education home sports
टि-२० आईमा पहिलो पटक नेपालले भारतसँग खेल्दै

टि-२० आईमा पहिलो पटक नेपालले भारतसँग खेल्दै

वि.सं.२०८० असोज १५ सोमवार १६:३९

  काठमाडौं: चीनमा जारी १९औं एसियाली खेलकुद अन्तर्गत पहिलो क्वाटरफाइनलमा...

पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार गरेको आरोपमा उद्योग मन्त्रालयका सचिव मरासिनीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार गरेको आरोपमा उद्योग मन्त्रालयका सचिव मरासिनीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

वि.सं.२०८० असोज १५ सोमवार १६:१७

  काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा...

स्थानीय तहका कर्मचारीहरु सडकमा

स्थानीय तहका कर्मचारीहरु सडकमा

वि.सं.२०८० असोज १५ सोमवार १४:२२

  काठमाडौं: शिक्षक र डाक्टरपछि स्थानीय तहका कर्मचारीहरु आन्दोलनमा उत्रिएका...

हेर्नुहोस् आज २०८० असोज १५ गते सोमबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८० असोज १५ गते सोमबार तपाईको राशिफल

वि.सं.२०८० असोज १५ सोमवार ०६:१३

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

लामो समयपछि विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा पेश

लामो समयपछि विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा पेश

वि.सं.२०८० असोज १४ आइतवार १६:१२

  काठमाडौं: प्रतिनिधिसभामा विद्यालय शिक्षा विधेयक २०८० पेश भएको छ...

चीन भ्रमणले दुई देशबीच रहिआएको ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेलेको: प्रधानमन्त्री

चीन भ्रमणले दुई देशबीच रहिआएको ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेलेको: प्रधानमन्त्री

वि.सं.२०८० असोज १४ आइतवार १५:५६

  काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको औपचारिक भ्रमणबाट दुई...