सभामुख र उपसभामुखविरुद्ध दायर रिटमाथिको सुनुवाइ आज
वि.सं.२०७९ असोज ७ शुक्रवार ०९:२४
1.6K
shares
काठमाडौं: सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमाथि आज सुनुवाइ हुने भएको छ ।
समानुपातिक तर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाउने अघिल्लो दिन नै सभामुख सापकोटा र उपसभामुख भुसालको पदावधि सकिएको दाबी गर्दै बिहीबार परेको रिटमाथि आज पेसी तोकिएको हो ।
नेपालको संविधान २०७२ मा प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारी दर्ता हुने अघिल्लो दिनबाट सभामुख र उपसभामुख पद पनि रिक्त हुने भनिएको छ ।
तर, सभामुख र उपसभामुखले सेवा सुविधा लिइरहेका छन् । उनीहरुले स्वयमले उम्मेदवारी नदिएसम्म पद रहिरहने तर्क गरिरहेका छन् ।
त्यसैले दुवैको कार्यकाल सकिएकाले उक्त पद खाली गर्नू भनि अन्तरिम आदेश जारी हुनुपर्ने रिटमा माग गरिएको छ ।
अधिवक्ताहरु किशोर पौडेल र अनुपम भट्टराईले रिट दायर गरेका हुन् ।
वि.सं.२०७९ असोज ७ शुक्रवार ०९:२४




















