YouTube Link

अध्यक्ष ओलीद्वारा राजनीतिक प्रतिवेदन पेश (पूर्णपाठसहित)

Facebook Link

 

काठमाडौं: नेकपा एमालेको केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले १९ पेजको आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका छन्  ।

 

राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओलीले पार्टीको जनमत १६ प्रतिशत बढाउने योजनासहितका विविध विषय समेटिएको छ ।

 

प्रतिवेदनमा भूराजनीतिक बहाब र सिर्जित नयाँ चुनौती, गठबन्धन सरकारको समीक्षा, चुनावी रणनीतिलगायतको विषय समेटिएको छ । यस्तै ओलीले आफ्नो प्रतिवेदनमा  बहुमतका लागि आवश्यक पर्ने करिव १६ प्रतिशत मत पार्टीलाई अपुग भएकाले त्यसलाई वृद्धि गर्न ठोस योजनाका साथ अघि बढिने बताएका छन् । यस्तै एमाले सरकारले गरेको कामको प्रचार गर्ने, गठबन्धनको भयबाट मुक्त हुने, नयाँ पुस्तामा विशेष ध्यान दिनेजस्ता योजना पनि आफ्नो प्रतिवेदनमा समेटेका छन् ।

 

​ओलीले प्रतिवेदनमा सत्ता गठबन्धनको तीव्र आलोचना गरेका छन् । उनले गठबन्धन एकातिर हुँदा पनि एमालेको पक्षमा जनमत रहेको दाबी गरेका छन् । उनले प्रतिवेदनमा भनेका छन्, ‘आज गठबन्धनका दलहरू जसरी एमालेसँग एक्लै लडन डराइरहेका छन् र जसरी पाँच दलमाथि नयाँ दलहरू थपेर हामीलाई एक्ल्याउने कोशिस गरिरहेका छन, यसले उनीहरूको शक्ति, सामर्थ्य र मनोबललाई होइन, कमजोरी, निरीहता र धर्मराइरहेको आत्मविश्वासलाई प्रतिबिम्बित गर्छ । हाम्रो शक्तिका स्रोत आमजनता हुन्, समूहहरूका टाउकाहरू होइनन् ।’

 

मुलुकमा जुन ढङ्गको राजनीतिक नवीकरण भइरहेको छ त्यो तत्कालका लागि यो चुनौतीपूर्ण भएपनि दीर्घकालीन हिसाबले सकारात्मक रहेको पनि ओलीको ठहर छ ।

पूर्णपाठसहित:-

 




X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...