जसपाका प्रमुख सचेतकमाथि सांघातिक आक्रमण
वि.सं.२०७८ चैत १२ शनिवार ११:१६
2.7K
shares
जनकपुरधाम: जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक एवं केन्द्रीय सदस्य प्रमोद साहमाथि आक्रमण भएको छ ।
सर्लाही क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद साह ईश्वरपुर नगरपालिकाको युवा क्लव उद्घाटन कार्यक्रममा जाँदा जनमत पार्टीका कार्यकर्ताले अवरोध गरेका थिए ।
निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै जनमत पार्टीका कार्यकर्ताले अवरोध गरेपछि जसपा र जनमतका कार्यकर्ताबीच झडप भएको थियो ।
जनमतका कार्यकर्ताको आक्रमणमा परी सांसद साहको टाउको फुटेको छ । उनलाई उपचारका लागि बयलबासस्थित अमृत हेल्थ केयरमा लगिएको छ ।
वि.सं.२०७८ चैत १२ शनिवार ११:१६



















