इन्डियन प्रिमियर लिग क्रिकेट आजबाट, उद्घाटन खेलमा चेन्नई र कोलकत्ता भिड्दै
वि.सं.२०७८ चैत १२ शनिवार १५:०४
3.1K
shares
काठमाडौं: इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट आजबाट सुरु हुँदैछ ।
आईपीएल अन्तर्गत पहिलो दिन आज एक खेल हुने कार्यतालिका रहेको छ ।
उद्घाटन खेलमा चेन्नई सुपर किङस र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ ।
चेन्नई र कोलकत्ताबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।
दुबै टोली जित निकाल्दै नयाँ सिजनको सुखद् सुरुआत गर्ने योजनामा छन् ।
यस सिजनको आईपीएलमा १० टोलीको सहभागिता रहेको छ ।
लिगको ७० र ४ प्ले अफ खेलहरु ६५ दिनमा सकिने छ ।
वि.सं.२०७८ चैत १२ शनिवार १५:०४




















