आफ्नै विद्यार्थीलाई यौन दुराचार गर्ने शिक्षक प्रहरी फन्दामा
वि.सं.२०७८ चैत ७ सोमवार १४:१०
2.5K
shares
चितवन: आफ्नै विद्यार्थीलाई यौन दुराचार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् ।
चितवनको माडीबाट बालयौन दुराचार आरोपमा माडी नगरपालिका-५ का ३७ वर्षीय सुरज लामिछानेलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार माडी नगरपालिका-१ बरुवास्थित श्री सोमेश्वर उच्च माविमा कक्षा ९ मा अध्यनरत वर्ष १५ की नाबालिकालाई सोही स्कुलमा कार्यरत लामिछानेले बाल यौन दुर्व्यवहार गरेको भनी नाबालिकाको आफन्तले जिल्ला प्रहरी कार्यालय चितवनमा आइतबार लिखित जाहेरी दिएका थिए ।
जाहेरी परेपछि सोही दिन शिक्षक लामिछानेलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।
वि.सं.२०७८ चैत ७ सोमवार १४:१०



















