आज विभिन्न कार्यक्रमको आयोजना सोनाम ल्होसार मनाईदै, सरकारले दियो सार्वजनिक बिदा
वि.सं.२०७८ माघ १९ बुधवार ०७:४३
3.1K
shares
काठमाडौं: तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाईदैछ ।
आजदेखि २८५८औं वर्ष शुरु हुन्छ । मञ्जुश्री पात्रो अनुसार आजदेखि गोरू वर्षलाई विदाइ गर्दै बाघ वर्षलाई स्वागत गरिँदैछ ।
प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ ।
मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ।ल्होसारका १२ वटै वर्ग पशुपक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पा बताउँछन् ।
वर्ष फेरिने प्रचलन १२ वटा जनावर तथा पशुपंक्षीको नाममा चक्रीय प्रणालीअनुसार गणना गरिने प्राचीन पद्धति हो ।
नेपालका तामाङसहित ह्योल्मो, थकाली समेतले नयाँ वर्ष अर्थात् सोनाम ल्होछार मनाइरहँदा चीन, सिंगापुर, मलेसिया, भारत, थाइल्यान्ड, मंगोलिया, भियतनाम, भुटान, लाओस, म्यानमार, जापान लगायतका देशमा समेत फरकफरक नाम र शैलीमा आजैका दिन नयाँ वर्ष मनाइँदैछ ।
तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ । यस पर्वका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।
वि.सं.२०७८ माघ १९ बुधवार ०७:४३




















