कांग्रेस महाधिवेशनमा फोटो पत्रकारद्वारा क्यामरा डाउन
वि.सं.२०७८ मंसिर २७ सोमवार १२:२५
2K
shares
काठमाडौं: कांग्रेस महाधिवेशन स्थलमा प्रहरी र निर्वाचन समितिका सदस्यले दुर्व्यवहार गरेको विरोधमा फोटो पत्रकारले क्यामेरा भुइँमा राखेर विरोध जनाएका छन् ।
साढे तीन घन्टा ढिलो गरि भएको मतदानको फोटो खिच्न जान लागेका पत्रकारलाई प्रहरी र निर्वाचन समितिका सदस्यहरूले रोकेका थिए ।
पत्रकारलाई मतदानस्थलभित्र छिर्न नदिनुका साथै हातपात र दुर्व्यवहार गरेपछि फोटोपत्रकारहरू आन्दोलित भएका हुन् ।
उनीहरुले राष्ट्रिय सभागृहको मुख्य गेट नजिकै क्यामेरा भुइँमा राखेर विरोध जनाएका छन् ।
वि.सं.२०७८ मंसिर २७ सोमवार १२:२५




















