सिरि ए फुटबलमा युभेन्ट्सको जित
वि.सं.२०७६ फागुन ११ आइतवार ०७:१८
1.5K
shares
एजेन्सीः युभेन्ट्सले सिरि ए फुटबलमा एसपीएललाई हराएको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सले रोनाल्डोको कीर्तिमानी गोलमा एसपीएललाई १–० गोल अन्तरले हराएको हो । करियरको सिनियरतर्फ एक हजार खेल पुरा गरेका रोनाल्डोले सिरि ए फुटबलमा लगातार ११ खेलमा गोल गर्न समेत सफल रहे ।
रोनाल्डोले ग्याब्रियल बाटिस्टुटा र फबियो क्वाग्लिआरेलाको कीर्तिमानी गोल बराबरी गरे । आरोन राम्सीले एक गोल थप्दै युभेन्ट्सको जित सुनिश्चित गरेका थिए । घरेलु टोलीका आन्ड्रे पेटाग्नालेटरले पेनाल्टीमा एक गोल फर्काएका थिए । जितसंगै युभेन्ट्सले लिगमा चार अंकको स्पष्ट अग्रता कायम गरेको छ । शीर्ष स्थानको युभेन्ट्सको ६० अंक छ । तालिकाको पुछारमा रहेको एसपीएलको १५ अंक छ ।
वि.सं.२०७६ फागुन ११ आइतवार ०७:१८



















