इन्ग्लिश क्लब लिभरपुल सर्वाधिक ठुलो प्रतियोगिता च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा
वि.सं.२०७६ फागुन ६ मंगलवार ०९:३०
1.3K
shares
एजेन्सीः युरोपियन क्लब फुटबलको सर्वाधिक ठुलो प्रतियोगिता च्याम्पियन्स लिग फुटबलको नकआउट चरणका लागि इन्ग्लिश क्लब लिभरपुल आगामी सिजनको च्याम्पियन्स लिगका लागि छनोट भएको छ ।
इन्ग्लिश प्रिमियर लिग अन्तर्गत गएराति चेल्सीको घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडसँग २-० ले पराजित भएपछि लिभरपुलले लिगको शीर्ष ४ पक्का गर्दै च्याम्पियन्स लिगको समूह चरणमा स्थान पक्का गरेको हो । यससँगै योर्गेन क्लोपको लिभरपुल २४औं सिजन च्याम्पियन्स लिगमा छनोट भएको हो ।
प्रिमियर लिगका शीर्ष ४ टोलीले च्याम्पियन्स लिग खेल्न पाउने छन् । जस अन्तर्गत लिभरपुलले लिग नसकिदै शीर्ष ४ पक्का गरेको हो । यस सिजन उपाधि नजिक रहेको लिभरपुलले पाँचौं स्थानको टोटनहमविरुद्ध ३६ अंकको अग्रता बनाएको छ । लिगमा १२ खेल बाँकी छ ।
अब बाँकी खेलमा खराब प्रदर्शन गर्दै सबै खेल गुमाएपनि लिभरपुल शीर्ष ४ मा रहने छ । लिभरपुलको ७६ अंक रहेको छ । टोटनहमको ४० अंक रहेको छ । यस्तै दोस्रो स्थानको म्यानचेस्टर सिटीको ५१, तेस्रो लेष्टर सिटीको ५० र चौंथो चेल्सीको ४१ अंक रहेको छ ।
वि.सं.२०७६ फागुन ६ मंगलवार ०९:३०




















