YouTube Link

ए डिभिजन लिग अन्तर्गत आजदेखि दशौं चरणका खेल हुँदै

Facebook Link

काठमाडौं: सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आजदेखि दशौं चरणका खेल सुरु हुँदैछन् । दशौं चरणको पहिलो दिन दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने छन् । अपरान्ह १२ बजे हुने पहिलो खेलमा थ्रीस्टार क्लब र सरस्वती युथ क्लब प्रतिश्पर्धा गर्दैछन् भने दोस्रो खेलमा अपरान्ह ३ बजे मछिन्द्र र विभागीय टिम एपीएफ भिड्नेछन् ।

त्यस्तै दोस्रो दिन खेल दशरथ रंगशालामै हुने खेलमा हिमालयन शेर्पा र संकटा तथा त्रिभुवन आर्मी र नेपाल पुलिस खेल्नेछन् । सोमबार एन्फा मैदानमा जावालाखेल र ब्रिगेड बोइज तथा मनाङ मर्स्याङ्दी र च्यासल युथबीच प्रतिश्पर्धा हुनेछ । अन्तिम दिन मंगलबार एन्फा मैदानमा न्युरोड टिम एनआरटी र फ्रेन्डसबिच प्रतिस्पर्धा हुनेछ ।

नवौँ चरण सकिदासम्म त्रिभुवन आर्मी २० अंकसहित शीर्ष स्थानमा छ भने समान १९-१९ अंकका साथ मछिन्द्र र मनाङ क्रमश दोस्रो र तेस्रोमा छन् । यस्तै चौथो स्थानमा न्युरोड टिम एनआरटी रहेको छ भने पाचौंमा रहेको थ्रीस्टारको १४ अंक छ । छैटौं स्थानमा पनि १४ अंकसहित नेपाल पुलिस क्लब रहेको छ । सातौं र आठौं स्थानमा रहेका जावलाखेल र संकटाले समान १२-१२ अंक जोडेका छन् । फ्रेण्ड्स क्लब ११ अंक सहित नवौं स्थानमा रहँदा ९ अंक जोडेको च्यासल १० औं स्थानमा, ८ अंकसहित विग्रेड ब्वाईज ११ औं स्थानमा तथा सात अंक जोडेको हिमालयन शेर्पा १२ औं स्थानमा रहेका छन् । विभागीय टिम एपीएफ १३ औं र सरस्वती युथ क्लब अन्तिममा रहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

वि.सं.२०८३ असोज २५ आइतवार १२:५८

गोरखा: बूढीगण्डकी नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रमा रहेका...

दशैको पहिलो दिन आज घटस्थापना

दशैको पहिलो दिन आज घटस्थापना

वि.सं.२०८३ असोज २५ आइतवार १२:३९

काठमाडौं: नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ ।...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...