YouTube Link

‘ए’ डिभिजन लिगमा आज फ्रेन्डस र हिमालय शेर्पाबीच प्रतिस्पर्धा

World Cup 2026
Facebook Link

काठमाडौः सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज तालिकाको पुछारमा रहेका शेर्पा र फ्रेण्ड्सबीच आमने सामने हुदैछन् । खेल दशरथ रंगशालामा हुनेछ । रेलिगेशन जोनमा रहेका दुबै टिम पहिलो जित निकाल्दै लिग तालिकामा सुधार गर्न चाहन्छन् ।

दुबै टिम जितका लागि मैदानमा उत्रदैछन् । लिगको ४ खेल सकिँदा दुवै टिमले जित निकाल्न सकेका छैनन् । दुई खेल बराबरी खेलेको शेर्पा २ अंक सहित तालिकाको १२ औं स्थानमा छ । फ्रेन्ड्स एक बराबरी र तीन हार सहित एक अंक जोडेर तालिकाको १३ औं स्थानमा छ । दुवै टिम प्रतियोगितामा पहिलो जितको खोजीमा रहेका छन् । लिगको सुरुवाती खेलमा आर्मीसँग २–१ गोल अन्तरमा रोकिएको फ्रेण्ड्सले दोस्रो खेलमा ब्रिगेड ब्वाईजसँग अन्तिम समयमा लगातार २ गोल ब्यहोर्न पुगेको थियो । यस्तै तेस्रो खेलमा मछिन्द्रसँग ३–० गोल अन्तरले पराजित फ्रेण्ड्स अन्तिम खेलमा भने साविक विजेता मनाङलाई बराबरीमा रोक्न सफल भएको थियो ।

यता, शेर्पा पनि फ्रेण्ड्सलाई पराजित गर्दै तीन अंक ल्याउने दाउमा छ । शेर्पाले पहिलो खेलमा विभागीय टोली पुलिससँग गोलरहित बराबरीमा रोकिएको थियो । दोस्रो खेलमा अर्को विभागीय एपीएफसंग बराबरी खेलेको शेर्पाले तेस्रो खेलमा आर्मीसँग २–० र ब्रिगेड ब्वाईजसँग १–० को हार ब्यहोर्नु परेको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...