YouTube Link

फ्रेण्डसीप युथ क्लब दोलखाले उचाल्यो प्रथम राष्ट्रसेवक कप-२०८१ फुटसल प्रतियोगिताको उपाधी

Facebook Link

काठमाडौं: प्रथम सुनुवार राष्ट्रसेवक कप-२०८१ फुटसल प्रतियोगिताको उपाधि फ्रेण्डसीप युथ क्लब दोलखा ‘बी’ ले उचालेको छ । जितसँगै फ्रेण्डसीपले नगद २५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

 

त्यस्तै, दोलखाकै सेरेम्फु युथ क्लब उपविजेता बनेको छ । सेरेम्फुले नगद १५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छ भने लोकतान्त्रिक किरात सुनुवार संघ, नेपाल (सी) तृतीय हुँदै नगद पाँच हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।

 

प्रतियोगितामा ३० टोलीको सहभागीता रहेको थियो । खेल नकआउटको आधारमा माकालबारीस्थित मनकामना फुटसलको सेभेन ए साईडमा खेलाईएको थियो । प्रतियोगिताको उत्कृष्ट खेलाडी फ्रेण्डसीप युथक्लब दोलखा (बी)का राजकुमार सुनुवार, उत्कृष्ट गोलकिपर फ्रेण्डसीप युथक्लब दोलखा (बी)का नीर बहादुर सुनुवार र प्रतियोगितामा सिरिसे युवा सेवा समाजका दिलिप सुनुवार सर्वाधिक गोलकर्ता बने भने प्रतियोगितामा सहभागी टोली मध्येबाट इलाम युथ क्लब अनुसासित टिम घोषित भयो ।

 

सुनुवार राष्ट्रसेवक समाज काठमाडौंले ‘सुनुवार सामाजिक संस्थाहरूबीच सहकार्य अभियान, सुनुवार समुदायको राष्ट्र निर्माणमा सामुहिक योगदान’ भन्ने मुल नाराको साथ संविधान दिवस तथा वार्षिक साधारणसभाको अवसरमा सुनुवार-सुनुवार समुदायका सामाजिक संस्थाहरूबीच आपसी समन्वय, सहकारिता र हार्दिकता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रथम राष्ट्रसेवक कप-२०८१ फुटसल सफलतापूर्वक सम्पन्न भएको संस्थाका अध्यक्ष अमरदीप सुनुवारले बताए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

वि.सं.२०८३ असोज २६ सोमवार १४:१८

काठमाडौं: राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा २०८२ जेठ २३ गतेदेखि...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

वि.सं.२०८३ असोज २६ सोमवार १२:४६

काठमाडौं: रिबन इन्टरटेनमेन्टद्वारा आयोजित 'व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६' अन्तर्गतको...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

वि.सं.२०८३ असोज २५ आइतवार १२:५८

गोरखा: बूढीगण्डकी नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रमा रहेका...

दशैको पहिलो दिन आज घटस्थापना

दशैको पहिलो दिन आज घटस्थापना

वि.सं.२०८३ असोज २५ आइतवार १२:३९

काठमाडौं: नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ ।...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...