रोहित आबद्ध टोरन्टो नेसनलले जित्यो ग्लोबल ट्वान्टी-२० को उपाधि
वि.सं.२०८१ साउन २८ सोमवार ०८:२१
885
sharesएजेन्सीः नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरन्टो नेसनलले ग्लोबल ट्वान्टी-२० क्यानाडाको उपाधि जितेको छ ।
फाइनलमा टोरन्टोले मन्ट्रियल टाइगर्सलाई ८ विकेटले पराजित गर्दै उपाधि जितेको हो । टाइगर्सले दिएको ९७ रनको लक्ष्य टोरन्टोले १५ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको हो । यद्यपि, यो खेलमा पनि रोहित प्लेइङ ११ मा अटाउन सकेनन् । टोरन्टोका एन्ड्रिज गौसले अविजित रहँदै सर्वाधिक ५८ रन बनाए । ४९ बल खेलेका उनले आठ चौका प्रहार गरे । भान डेर डुसानले ३० रन बनाउँदा उन्मुक्त भन्द चार र कप्तान कोलिन मुनरो शून्य रनमा आउट भए । टाइगर्सका अजमातुल्लाह उमरजाई र कोर्बिन बोशले १/१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको टाइगर्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ९६ रन बनाएको थियो । टाइगर्सका कोर्बिन बोशले सर्वाधिक ३५ रन बनाए । ३३ बल खेलेका उनले चार चौका प्रहार गरे । जसकरण सिंह १६ रनमा आउट हुँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन् । टोरन्टोका जेसन बेहरेन्डोर्फले सर्वाधिक ३ विकेट लिए । रोमारियो शेफर्डले २ विकेट लिँदा जुनैद सिद्दिकी, मोहम्मद नवाज, निखिल दत्त र जतिन्द्रपाल मथारुको नाममा समान १ विकेट रह्यो ।
वि.सं.२०८१ साउन २८ सोमवार ०८:२१