नेपालले आज क्यानाडासँग अभ्यास खेल खेल्दै
वि.सं.२०८१ जेठ १४ सोमवार १३:१५
864
shares
एजेन्सीः पहिलो पटक टि-२० विश्वकप खेल्ने तयारीमा रहेको नेपालले आज क्यानाडासँग अभ्यास खेल खेल्दैछ । खेल ग्रान्ड प्रेरी मैदानमा नेपाली समय अनुसार राति ९:१५ बजे सुरु हुनेछ ।
विश्वकपको तयारीका लागि नेपाली टोली गत महिना अमेरिका पुगेको थियो । यसपटकको विश्वकप अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्दैछन् । यसबीचमा नेपालले वेस्ट इन्डिजामा पनि ३ अभ्यास खेल खेलेको थियो । वेस्ट इन्डिजामा विनवार्डस् भोल्क्यानोजसँगको ३ खेल नेपालले २-१ ले जितेको थियो । त्यसपछि अमेरिका फर्केका नेपाली टोलीले ह्युस्टनमा ह्युस्टन हरिके्रन्ससँग दुवै खेल जितेको थियो ।
चोटका कारण दीपेन्द्रसिंह ऐरीले पछिल्ला तीनै खेल गुमाएका थिए भने क्यानाडासँगको खेल पनि गुमाउने सम्भावना रहेको छ । दोस्रो अभ्यास खेल नेपालले अमेरिकासँग मे ३० मा खेल्नेछ । जुन १ बाट सुरु हुने विश्वकपमा नेपालले पहिलो खेल जुन ५ मा नेदरल्यान्ड्विरुद्ध खेल्नेछ । जुन ११ मा श्रीलंका, जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ मा बंगलादेशसँग खेल्नेछ ।
वि.सं.२०८१ जेठ १४ सोमवार १३:१५